नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको अध्यक्षमा कर्माचार्य निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन् ।  संघको गएराति यहाँ सम्पन्न दोस्रो महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कर्माचार्य देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पूर्वअध्यक्षसमेत छन् ।  यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर र […]