काठमाडौँ । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव फेला परेको हो । सोही स्थानकी ११ वर्षीया खुसी सिजापतिको खोजी कार्य जारी रहेको छ […]
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिको संयोजक चयन गरिएको छ । प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले सङ्गठनलाई थप प्रभावकारी बनाउन आज छ वटा उपसमिति गठन गरी संयोजकको जिम्मेवारी तोकेको हुन् । उनले अपांगता संवाद, समन्वय र सशक्तीकरण उपसमितिमा काश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तीकरण उपसमितिमा […]
क्यालिफोर्नियामा लागू गरिएको नयाँ रिसाइक्लिङ कानुनका कारण त्यहाँका दुग्ध उत्पादक व्यवसायीहरू यतिबेला निकै चिन्तित बनेका छन्। यस कानुनमा व्यवस्था गरिएका विभिन्न शुल्क र कडा नियमहरूले व्यवसायलाई ठूलो नोक्सान पुर्याउने र सर्वसाधारणको भान्साको खर्च अझै बढाउने उनीहरूको बुझाइ छ। सन् २०२२ मा पारित भएको यो कानुनको मुख्य उद्देश्य फोहोरको मात्रा कम गर्नु र रिसाइक्लिङमा सबैको सहभागिता […]
ढाका – भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोले बङ्गलादेशमा गत एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको छ । अधिकारीहरूले एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको र बाढी, पहिरो र डुवानका कारण दशौँ हजार मानिस घरबारविहीन भएका छन् । नदीहरूले भरिएको निम्न क्षेत्र भएको बङ्गलादेश मनसुनी मौसममा बाढी र पहिरोको जोखिममा […]