महामारीबीच परीक्षा सञ्चालन गर्न उपयुक्त विधिबारे त्रिविको छलफल

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले महामारीमा पनि परीक्षा सञ्चालन गर्ने उपयुक्त विधिबारे छलफल चलिरहेको जनाएको छ। नियन्त्रक पुष्पराज जोशीले हप्ता दिनपछि कुनै उपायको टुंगो लगाइ परीक्षा सञ्चालन गर्नेबारे छलफल चलिरहेको बताए। अनलाइनबाट गर्ने वा भौतिक रुपमै गर्ने भन्ने निर्णय भइसकेको छैन। कोरोना बढेपछि त्रिविको सबै परीक्षा स्थगित गरिएको थियो।

सम्बन्धित सामग्री

लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह - NepaliPatra

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्। लोकसेवा आयोगको ७३औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै उनले निजामती सेवाका पदको नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र सो पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन […]

कहिलेबाट खुल्छ स्मार्ट लाइसेन्सको लागि नयाँ आवेदन ?

लामो समयदेखि व्यवस्थित रूपमा सवारीचालक परिचयपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न नसकेको आरोप खेपिरहेको यातायात व्यवस्था विभागले पुनः अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।विभागले सूचना जारी गर्दै ''हालसम्म परेका अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकाले चैत १ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्म आवेदन प्रणाली बन्द रहने'' जनाएको हो।अधिकारीहरूका अनुसार नयाँ आवेदन बन्द गरेर पुराना आवेदन अनुसार परीक्षा सञ्चालन अनि ट्रायल सम्पन्न भएपछि मात्रै सर्वसाधारणहरूले फेरि आवेदन दिन पाउने छन्।हालसम्म आवेदन दिएका सेवाग्राहीको काम सम्पन्न गरेपछि विभागले ''एक साताभित्रै लाइसेन्स प्राप्त गर्न सकिने'' गरी आवेदन खुला गर्ने योजना गरिरहेको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए।सरकारले 'चीप' जडित स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्ष देखि सवारी चालक अनुमति पत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ।त्यस्तै कोरोनाभाइरस महामारी र लकडाउनलाई कारण देखाउँदै २०७६ चैतदेखि तीन महिनाका लागि नयाँ चालक अनुमतिपत्रको आवेदन बन्द गरिएको थियो।महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाख १६ गतेदेखि पुनः ठप्प पारिएको आवेदन कार्तिक ७ गतेदेखि खुला गरिएको भए पनि सहज रूपमा लाइसेन्सको छपाइ अनि वितरण हुन सकेको छैन।पछिल्लो अवस्था के छ?लाइसेन्स प्राप्त गनर्का लागि योग्य ठहर भएका सर्वसाधारणहरूले पहिले एक वर्षका लागि परीक्षणकालीन कार्ड प्राप्त गर्ने हुँदा पनि स्मार्ट लाइसेन्सको अभाव नहुने ठानिएको छ।कहिले बाट खुल्ला नयाँ आवेदन?अधिकारीहरूका अनुसार हाल बाँकी रहेको काम सम्पन्न गर्न 'एक-दुई महिना' लाग्ने अवस्था छ।त्यसको अर्थ आगामी जेठ महिनामा आवेदन खुल्छ त?भुसाल भन्छन्, ''यही मिति त भन्न सकिन्न। तर डेढ-दुई महिनामा फेरि खुल्ला।'भुसालका अनुसार देशका सबै यातायात कार्यालय गरी हाल ''तीनदेखि चार लाख'' आवेदकको काम सम्पन्न गर्नुपर्ने अवस्था छ।''सेवाग्राहीलाई लामो लाइनमा राखेर कुराउनुभन्दा अलि छिटो गरेर सक्काउने र भर्न (आवेदन) बित्तिकै पाउन सक्ने अवस्था सृजना गर्न उपयुक्त हुने भएकाले त्यसै अनुसार गर्न खोजिएको हो,'' उनले भने।हाल विभागसँग पर्याप्त लाइसेन्स उपलब्ध भएकाले आवेदकहरूलाई लाइसेन्स उपलब्ध गराउन समस्या नहुने अधिकारीहरू बताउँछन्।पछिल्लो समय १४ लाख स्मार्ट लाइसेन्स कार्ड प्राप्त गरेको विभागले हालसम्म दुई लाखको हाराहारीमा कार्ड छापिसकेको छ।''अब १२ लाख कार्ड हामीसँग छ। यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको आधा समयसम्म पुग्ने जस्तो देखिन्छ,'' उनले भने।त्यसपछि भने सर्वसाधारणहरूले आवेदन दिएको एक सातादेखि १० दिनभित्र लिखित अनि प्रयोगात्मक परीक्षा सम्पन्न गरेर सबै प्रक्रिया टुङ्गिने गरी व्यवस्था गर्न लागिएको विभागको भनाइ छ।तर उक्त भनाइ अनुसार काम गर्ने ठोस आधार के हुन भन्ने प्रश्नको स्पष्ट जवाफ भने अधिकारीहरूसँग छैन।हालका लागि अनलाइन आवेदन बन्द गरिएको भए पनि विदेश जान वा आपत्कालीन रूपमा लाइसेन्स प्राप्त गर्नुपर्ने बाध्यता रहेकाहरूका लागि भने सेवा उपलब्ध गराइने अधिकारीहरूको भनाइ छ।''जरुरी कोही विदेश जाने छ भने प्रवेशाज्ञा, टिकट र राहदानीको फोटोकपी लिएर आएको अवस्थामा सुविधा उपलब्ध रहेको'' भुसालले जानकारी दिए।

राष्ट्रिय तालिम नीति

नेपालको संविधानको भाग ३२ अन्तर्गत धारा २८५ मा सरकारी सेवाको गठनसम्बन्धी व्यवस्था छ । यसैगरी, संविधानको धारा २४२ मा लोकसेवा आयोग, धारा २४४ मा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ । आयोगको काम मुख्यतः निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्न परीक्षा सञ्चालन गर्ने हो । अर्थात् सरकारी कर्मचारीको पदपूर्ति गर्ने हो । यी आयोगहरूको कार्य सञ्चालन सङ्घीय तथा प्रादेशिक कानुनअनुसार हुने व्यवस्था छ । निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गर्न निजामती सेवा ऐन, २०४९ को कार्यान्वयन गरिएको छ । हाल सङ्घीय निजामती सेवा ऐन तर्जुमाको क्रममा छ । सङ्घीय निजामती सेवा ऐन निर्माण भएपछि प्रदेशमा प्रादेशिक निजामती सेवा ऐन तर्जुमा गरिनेछ । निजामती सेवाको सङ्घीय ऐन अघि र प्रादेशिक ऐन पछि बनाउनुपर्ने बाध्यात्मक कारण परेको छ । संविधानको धारा २४४ को उपधारा (२) ले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने भनेको छ । तर उपधारा (३) ले भने उपधारा (२) को प्रयोजनका लागि सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने व्यवस्था गरेको छ । अर्थात्, सङ्घीय कानुनले निर्धारण गरेको आधार र मापदण्डको दायरामा रहेर प्रादेशिक कानुन निर्माण गर्नु वाञ्छनीय व्यवस्था हो ।

वैकल्पिक विधिबाट परीक्षा लिन सुझाव

कक्षा १२ को स्थगित परीक्षाको दीर्घकालीन रूपमा निकास दिन उपयुक्त हुने सुझाव दिइएको छ । परीक्षा दुई–दुई पटक स्थगित गरिएको र अझै पनि भौतिक रूपमा परीक्षा हुन कठिनाइ हुनसक्ने भएकाले विकल्प दिएर परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने अभिभावकको सुझाव छ । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थिति तथा अनलाइन विधिबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सुरक्षा मापदण्डबीच परीक्षा सञ्चालन गरिने

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जानकारी दिए । परीक्षा स्थगित नहुनेसमेत बोर्डले स्पष्ट गरेको छ । एक बेन्च एक परीक्...

वैकल्पिक विधिमार्फत् परीक्षा सञ्चालन आवश्यक

खुला स्थानमा, एउटा बेन्चमा एक जाना विद्यार्थी राखेर, परीक्षार्थीबीच ७ देखि ७ फिटको दूरी कायम गरी सीमित विषयको परीक्षा सञ्चालन गर्न सकिन्छ । महामारी अलि सामान्यतर्फ उन्मुख हुनासाथ विकल्प खोलेर सम्पूर्ण परीक्षा समयमै गराउन आवश्यक छ । युवाको भविष्य, सपना एउटा परीक्षाले निर्धारण गर्ने हाम्रो जस्तो मुलुकमा परीक्षा सञ्चालन नै नगरी युवाजमातलाई निरुत्साहित गर्नु उपयुक्त […]

कक्षा ८ को परीक्षा वैकल्पिक विधिबाट मूल्यांकन गर्ने महानगरको निर्णय

काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा-८ को परीक्षा वैकल्पिक विधिबाट मूल्यांकन गर्ने निर्णय गरेको छ। कोभिड-१९ का कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहेको भन्दै महानगरपालिकाले बुधबार एक सूचना जारी गरि निजी तथा सामुदायिक स्कुललाई यस्ताे जानकारी गराएको हो। ‘कक्षा ८ को वार्षिक मूल्यांकन पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत,निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीका अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधि प्रक्रिया अप...

जेठ २० गते सम्म परीक्षा लगिसक्न महानगरपालिकाकाे निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा बाहेक अरु कक्षाका परीक्षा जेठ २० गतेसम्ममा सकाई जेठको मसान्त सम्ममा नतिजा प्रकाशित गर्न सबै निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ।महानगरपालिकाको शिक्षा विभागले आइतबार एक सूचना जारी गर्दै अनलाइन वा उपयुक्त विधि अपनाएर परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। ‘अनुकूल उपयुक्त मूल्याकन प्रक्रिया (अनलाइन/अफलाइन परीक्षा यसै सत्रमा सञ्चालित टर्मिनल परीक्षा टेलिफोन/ निरन्तर विधार्थी मूल्याकन/ इ-मेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त

महामारीबीच परीक्षा सञ्चालन गर्न उपयुक्त विधिबारे त्रिविको छलफल

काठमाडौं। काठमाडौं महानगरपालिकाले पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। महामारीको समयमा बिरामीलाई समयमै अस्पतालमा पु¥याउन नसक्दा ज्यान जान सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरिएको महानगरले जनाएको छ। राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा नं ३ कार्यालय, वडा १५ परिसर र वडा ७ कार्यालय परिसरमा दुई÷दुईवटा एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गरिएको छ।

लोकसेवा आयोगको छनोट प्रक्रिया

वर्तमान अवस्थामा आइपुग्दा एउटा स्वतन्त्र संवैधानिक निकायको रूपमा लोकसेवा आयोगको व्यवस्था गरिएको पाइन्छ । वि. सं. २००८ असार १ गते पब्लिक सर्भिस कमिसनको नामबाट स्थापित यो संस्थाको गठन, काम कर्तव्य र अधिकार क्षेत्र वर्तमान संविधानमा प्रष्ट रूपमा उल्लेख छ । निजामती सेवाका पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्न परीक्षा सञ्चालन गर्नु लोकसेवा आयोगको कर्तव्य हुने उल्लेख छ । वर्तमान संविधानले यसको कार्यक्षेत्रलाई अझ व्यापक बनाउँदा यसको विश्वसनीयता र निष्पक्षतालाई झल्काउँछ । निजामती सेवाको पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी वर्तमान संविधानले थपेको छ । यसका साथै नेपाल सरकारबाट निवृत्तिभरण पाउने कुनै पनि पदमा आयोगको परामर्शविना स्थायी नियुक्ति नगरिने व्यवस्था नेपालको संविधानको धारा २४३ को उपधारा ५ मा उल्लेख गरी यसलाई थप जिम्मेवार बनाएको पाइन्छ ।