फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन्। नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन्। नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन आज पूजापाठ समय अवधिसम्ममा १९ हजार ७५० जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकले जनाएको छ। […]