साढे ३ करोड लागतमा चार खानेपानी योजना सम्पन्न

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा साढे ३ करोड रुपैयाँभन्दा बढी लागतमा विभिन्न खानेपानी योजना सम्पन्न भएका छन् । चालू आर्थिक वर्षमा गाउँपालिकाका चार, पाँच र ६ नम्बर वडामा कुल ३ करोड ५५ लाख ५५ हजार ५८४ रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएका हुन् । प्रदेश र संघबाट सञ्चालन भएका खानेपानी योजना सम्पन्न हुने तयारीमा छन् । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा सो योजना सम्पन्न गरिएको परियोजनाले बताएको छ । सम्पन्न गरिएका खानेपानी योजनामा सोलार लिफ्ट प्रविधि र सीधै मूलबाट ल्याइएका छन् । उक्त योजनाबाट तीन वडाका २७८ घरपरिवार लभान्वित भएका छन् । घरपरिवारबाहेक गाउँपालिकाको कार्यालय, एक विद्यालय र एक स्वास्थ्य चौकीमा पनि सार्वजनिक धारा र सिँचाइ धारा, सिँचाइ पोखरी निर्माण गरिएको छ । परियोजनालाई फिनल्यान्ड सरकारले पनि अर्थिक सहयोग गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीका प्राविधिक दीर्घ पाण्डेले बताए । उनले भने, ‘चारओटै योजना नेपाल सरकार, फिनल्याण्ड सरकार, गाउँपालिका र उपभोक्ताको जनश्रमदानबाट निर्माण गरिएका हुन् ।’ स्थानीयवासीलाई स्वच्छ खानेपानीको सुविधा पु¥याउन गाउँपालिकामार्फत सम्पन्न गर्न सकिने योजनालाई गाउँपालिकाले निर्माण गरेको र बाँकी ठूला योजना प्रदेश, संघ र विभिन्न संघ सस्थामार्फत सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ‘अहिले गाउँपालिकाका सबै वडमा प्रदेश, केन्द्र र गाउँपालिकामार्फत खानेपानी योजना सञ्चालन भइरहेको छ,’ उनले भने, ‘धेरै ठाउँमा योजना सम्पन्न भइसकेका छन् ।’ गाउँपालिकाभित्रका ८० प्रतिशत जनता स्वच्छ खानेपानीको पहुँचमा रहेको उनले बताए । गाउँपालिकामा छरिएर बसेका घरधुरी र स्वच्छ खानेपानीको पहुँचबाट टाढा रहेका घरधुरीलाई स्वच्छ सफा खानेपानीको व्यवस्था गर्ने उद्देश्यले योजना सम्पन्न गरिएको बताइएको छ । गाउँमा पुराना मूल सुकेकाले पनि खानेपानीको समस्या भएको छ ।

सम्बन्धित सामग्री

बाह्र दिनमै खानेपानी योजना सम्पन्न

सिमकोट – सिमकोट गाउँपालिका–१ र २ कुम्लिक जिउला खानेपानी योजना निर्माण सुरु भएको बाह्र दिनमै सम्पन्न भएको छ। उक्त योजना आवश्यकतामा आधारित हुनु र स्थानीयवासीले दिन रात काम गरेपछि सम्झौता भएको बाह्र दिनमै निर्माण पूरा भई धारामा पानी खसालिएको हो। स्थानीय तुन्डुप लामाले असार ३ गतेबाट निर्माण सुरु भएको कुम्लिक जिउला खानेपानी योजना निर्माण बाह्र […]

साढे चार हजार परिवारले उपभोग गर्ने खानेपानी योजना अलपत्र

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको गौरव कार्यक्रम ‘इन्द्रावती वृहत खानेपानी योजना’ मुहानबासीको अवरोधले अलपत्र परेको छ। गत वर्ष सम्पन्न हुनुपर्ने योजनाको ८० प्रतिशत काम सकेपछि अलपत्र भएको हो।  वडा नं. १ सिंपाल र...

खोटाङमा 'लिफ्टिङ खानेपानी योजना' निर्माण सुरु

सदरमुकाम दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाका ३ वटा वडावासीलाई सुद्ध खानेपानी उपभोग गराउने उद्देश्यले लिफ्टिङ खानेपानी योजना निर्माण सुरु भएको हो।...

लिफ्टिङ खानेपानी योजना शिलान्यास

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा खानेपानीको सुविधा विस्तारका लागि मेवा दोभान, साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको हो। शनिबार लफ्याङमा साप्सु खोला […]

बाम्राङ चुप्लामा माल्टे खानेपानी योजना सम्पन्न

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी योजना सम्पन्न भएको छ । प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ४३ लाखको लागतमा सम्पन्न भएको खानेपानी योजना मंगलबार खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले उद्घाटन गरेका छन् । खानेपानी योजना सञ्चालनमा आएपछि चुप्लाका ४७ घरधुरी लाभान्वित भएका छन् । व्यवस्थित खानेपानीको अभाव झेल्दै […]

खानेपानी योजना सञ्चालन हुने

भादगाउँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो । स्थानीय समुदायलाई खानेपानी सहज बनाउन स्थानीय उपभोक्ता समितिमार्फत योजनाको काम गर्न लागेको नगरपालिका वडाध्यक्ष गणेश त्यातले जानकारी दिए । अध्यक्ष त्यातले आजै डिपबोरिङको उद्घाटन गरी विगत लामो समयदेखि […]

झण्डै दुई खर्ब लागतमा लिफ्टिङ खानेपानी योजना सञ्चालन हुँदै

जिल्लाको पहाडी भेगका ३ गाउँपालिका र कटारी नगरबासीसमेतका लागि गत ०७५ सालदेखि सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म सुरु नभएको लिफ्टिङ खानेपानी योजना कार्यान्वयनमा आउन लागेको छ।...

सल्यानका दुई खानेपानी योजना अलपत्र

सल्यान : म्याद नथपिँदा सल्यानका दुई खानेपानी योजना अलपत्र परेका छन्। छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गत वर्ष शुरु गरेको दमाचौर र लान्ती गरि दुई वटा लिफ्ट खानेपानी योजना अलपत्र परेका हुन्। निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नहुँदा ठेकेदारले काम गर्न छाडेपछि दुई वटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र भएका हुन्।संघीय विशेष अनुदानअन्तर्गत संघले छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका लागि १ करोड र लान्तीका लागि २ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। पालिकाले आह्वान

तीन वर्षमा पनि बनेन खानेपानी योजना

तीन वर्षसम्म पनि बैतडीको पुर्चौडी नगरपालिका–१ को खानेपानी योजना पूरा हुन सकेको छैन। नगरपालिकाको केन्द्र हाटमा खानेपानीको व्यवस्थापन गर्नका सञ्चालित हाट वृहत खानेपानी योजना उपभोक्ता समितिको लापरबाहीले पूरा हुन नसकेको हो।...

चुँदरे खानेपानी योजना सम्पन्न

तनहुँ, १५ असोज: रोटरी क्लब अफ दमौलीका सहयोगमा व्यास नगरपालिका–५ चुँदरेमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । सो योजनाबाट नेपालटारका २२९ घरघुरीका करिब एक हजार १०८ प्रत्यक्ष लाभान्वित भएका छन् । रु एक करोड १६ लाख ४० हजार २०० को लागतमा सो आयोजना सम्पन्न भएको हो । उक्त खानेपानी आयोजनाको कूल लागतमध्ये रु ८४ […]