बागमती प्रदेशमा आजदेखि बजेटमाथि छलफल

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दैछ।आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमाथि छलफल हुनेछ। प्रदेशसभामा विषयगत मन्त्रालयको  बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याएको थियो। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट संसदमा पेस गरेका थिए।प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चा

सम्बन्धित सामग्री

बागमतीमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यहरूसँग छलफल

मनहरी– बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यसँग छलफल गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाः देय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशको संयुक्त आयोजनामा भएको छलफलमा प्रदेशसभामा प्रस्तुत बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २०८० को व्यवस्था, संशोधनको व्यहोरा, संशोधनको कारण र आधारसहितको संशोधन प्रस्तावबारे प्रस्तुतीकरण […]

बागमती प्रदेशमा पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक

काठमाडौँ- बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजोबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान जापानको विदेश मन्त्रालयमा भेटघाट र छलफल भएको मन्त्री दुलालका स्वकीय दीपक न्यौपानेले जानकारी दिए । भेटमा जापान सरकार र बागमती प्रदेश सरकारबीच र प्रदेश र स्थानीय तहका पूर्वाधार र कृषि क्षेत्रमा […]

बागमती प्रदेश : मन्त्री नपाएपछि सभामुखको निर्वाचनमा एकीकृत समाजवादी तटस्थ

मकवानपुर । नेकपा एकीकृत समाजवादीको गत पुस २४ गते बागमती प्रदेश सरकारमा एकाएक ‘इन्ट्री’ भयो । केन्द्रीय तहमा सरकारमा सहभागी हुने वा नहुने द्विविधासहित बहसमा रहेको एकीकृत समाजवादीले बागमती प्रदेशमा भने सत्ता साझेदार दलको रूपमा

बागमती प्रदेशमा शुक्रबार सर्वदलीय बैठक बोलाइयो

हेटौंडा : बागमती प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गते शुक्रबार बस्ने भएको छ ।बागमती प्रदेशसभा सचिवालयले पुस ८ गते शुक्रबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको हो।सर्वदलीय बैठकका लागि प्रत्येक राजनीतिक दलबाट दुई–दुई जनालाई बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको शपथग्रहण गराउनुपर्ने, प्रदेश सांसदहरुको शपथग्रहण गराउनुपर्ने र प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे छलफल गरिने उनले बताए।प्रदेशसभा सचिवालयले प्रदेश सांसदहरुमध्येबाट ज्येष्

बागमती प्रदेशमा सहमति, एमालेले अवरुद्ध नगर्ने

हेटौँडा : अवरुद्ध हुँदै आएको  बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ। सभामुख सानुकुमार श्रेष्ठले  बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरुसँग छलफल गरी सहमति जुटाएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो।सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनका अनुसार दलहरुबीच प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने र प्रदेशका १३ वटै जिल्लामा समानुपातिकरुपमा बजेट बाँड

बागमती प्रदेशमा विश्वासको मतमाथि १० गते मतदान हुने

हेटौँडा – बागमती प्रदेशसभाको बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि पेश गरेको प्रस्तावमाथि बिहीबार छलफल सुरु भए पनि बैठक ६ दिन स्थगित गरिएको हो। एमालेको कात्तिक ६ गते वडा तहको अधिवेशन र ९ गते पालिका तहको अधिवेशन रहेको कारण देखाउँदै बैठक सारिएको हो। बिहीबार मुख्यमन्त्री शाक्यले आफूलाई […]

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बुधबार अपरान्ह छलफल भएको हो । करिब २ घण्टा उनीहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनायो । प्रदेश १ र बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको […]

बागमती प्रदेशमा विश्वासको मतबारे दशैँपछि मात्रै छलफल

बागमती प्रदेश सभाको बैठक कात्तिक ४ गतेसम्मको लागि स्थगित भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भनिएको प्रदेश सभाको बैठक विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत नै नभई स्थगित भएको हो ।  मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने विषय गत शुक्रवार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेकी थिइन् । तर, आजको बैठकमा यो प्रस्ताव प्रस्तुत नै भएन ।  प्रदेश सभा बैठकलाई सम्बोधन गरेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक कुरा नगर्ने भन्दै संस्कृति र संस्कारको कुरा गरेकी छन् ।  बैठकमा सम्बोधन गर्दै...

बागमतीमा एमाले विवादले बजेटमाथिको छलफल रोकियो

हेटौंडा : बागमती प्रदेशमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको २४ दिन बितिसक्दा पनि बजेटमाथिको छलफल बढ्न सकेको छैन। एकल बहुमतको सरकार बनाएको एमाले नै दुई कित्तामा बाँडिएपछि बागमती सरकारले बजेटमाथिको छलफल बढाउन नसकेको हो। प्रदेशमा रहेका सबै प्रतिपक्षी एकतर्फी उभिँदा पनि बहुमत पुग्ने एमालेभित्रै मतभेद हुँदा यतिबेला प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस परेको छ।केन्द्रदेखि स्थानीय स्तरसम्म देखिएको एमालेको केपी ओली र खनाल–नेपाल गुट बागमती प्रदेशमा पनि हाबी भएको

बागमती प्रदेश : प्रदेशसभामा बजेटमाथि छलफल नै हुन सकेन

बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन । असार १ गते संसद्मा बजेट प्रस्तुत भएलगत्तै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । प्रदेशसभाको बैठकमा बजेटमाथि पर्याप्त छलफल गरी आवश्यक सल्लाह सुझावसहित संशोधन गरी बहुमतले पारित गर्नुपर्ने हुन्छ तर बागमती प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । प्रदेशसभामा बजेट प्रस्तुत भएको हप्ता दिन बितिसक्दा समेत बजेटमाथि छलफल