कान्तिपुर हाफ म्याराथनको पुरस्कार वृद्धि

कान्तिपुर हाफ म्याराथन ‘शान्ति र संविधानको समर्थन, अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रवर्द्धन’ नाराका साथ २०६७ सालमा सुरु भएको थियो । सामाजिक विषयवस्तुलाई नाराका रूपमा अगाडि बढाउँदै कान्तिपुर हाफ म्याराथन दसौं संस्करण आयोजनाको संघारमा आइपुगेको छ । यसपल्टको नारा बनाइएको छ ‘जलवायु परिवर्तन’ ।