बुद्ध एयर प्रकरणः जहाज उडाएर पाइलटलाई मात्र प्रतिबन्ध किन ?

बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पा अहिले सबैका परिचित पात्र बनेका छन् । असोज ११ गते सोमबार विराटनगर अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएर लामो प्रयासपछि जहाजलाई अवतरण गराएर ७७ जनाको ज्यान बचाएको भन्दै वाहवाही कमाएका क्याप्टेन शेर्पा अहिले प्रतिबन्धमा छन् ।बुद्धको एटीआर–७२ विमानका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लागेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को उडान सुरक्षा डिपार्टले क्याप्टेनसहित चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो ।जहाज रिलिजल्याण्डिङ गेयरमा समस्या आएर चालक दलका सदस्यसहित ७७ जना यात्रुलाई जहाजभित्रै रुन बाध्य बनाएको जहाज भने नियमित उडान गर्न थालिसकेको छ । बुद्ध एयर र प्राधिकरणका प्राविधिकहरुले जहाजको अनुसन्धान गर्दा कुनै खराबी नभेटेपछि जहाज नियमित उडानमा छ ।‘अनुसन्धान गर्दा जहाजमा कुनैपनि समस्या देखिएन, त्यसपछि जहाज रिलिज भईसकेको छ’ बुद्धका प्रवक्ता रुपेश जोशी भन्छन्, ‘अहिले उक्त जहाजमार्फत नियमित उडान गरिरहेका छौँ ।’उनका अनुसार नियमित उडान थालेको उक्त जहाजमा अहिले कुनैपनि समस्या देखिएको छैन ।गत सोमबार काठमाडौँबाट विराटनगर उडेको बुद्धको जहाज ल्याण्ड गर्ने समयमा पांग्रा खुलेको देखाउने इन्डिकेटर बलेको थिएन । त्यसपछि काठमाडौँ ल्याएर आकाशमा कयौँ फन्का घुमाएपछि पांग्रा खुलेको यकिन भएपछि मात्रै अवतरण गराइएको थियो । क्याप्टेनलाई प्रतिबन्ध किन ?क्याप्टेनसहित चालक दलका अन्यलाई अन्तराष्ट्रिय अभ्यास र नियम अनुसार नै जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाईएको प्राधिकरणले जनाएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले ‘इन्सिडेण्ट’ भएको अवस्थामा क्याप्टेन र चालक दलका सदस्यलाई ७२ घण्टा काम नलगाउने नीति लिएकाले सोही अनुसार उनीहरुलाई ७२ घण्टाको लागि प्रतिबन्ध लगाईएको जनाईएको छ ।बुद्ध एयरका प्रवक्ता जोशीले पनि क्यानले अनुसन्धानका लागि बनाएको समितिले शुक्रबार वा आइतबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदनमा के आउँछ सोही अनुसार अघि बढ्ने बताए । चालक दलका सदस्यलाई प्रशिक्षणप्राधिकरण स्रोतले उनीहरुमा मानसिक त्रास वा अरु केही समस्या उत्पन्न भएको हुन सक्ने भएकाले उनीहरुलाई ‘रिफ्रेश’ गराईनेछ । रिफ्रेश गराउँदा सामान्य प्रशिक्षण पनि दिईनेछ । ‘क्यानको रिपोर्टमा के आउँछ त्यही गर्छौँ’ जोशीले भने, ‘क्यानले क्याप्टेनको लाइसेन्स फुकुवा गर्ने भन्यो भने तत्काल फुकुवा हुन्छ, केही दिन रिफ्रेश गराऔँ भन्यो भनेपनि हामी त्यो गर्छौँ ।’

सम्बन्धित सामग्री

अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध

क्यानबेरा- अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन् । साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन् । यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र […]

दुई महिनापछि सांघाईमा हट्यो कोभिड प्रतिबन्ध

दुई महिनाको लकडाउनपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् ।प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो । केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो । दैनिक संक्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषण

रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

लन्डन – बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले […]

रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई  समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी य

हङकङमा नेपाल एयरलाइन्सलाई फेरि प्रतिबन्ध

हङकङले नेपाल एयरलाइन्स (एनएसी) सहित आठ देशमाथि फेरि हवाई प्रतिबन्ध घोषणा गरेको छ । पछिल्लो प्रतिबन्ध मार्च चार तारिख (फागुन २० गते) सम्म लागू हुने त्यहाँको हवाइ उड्ययन नियामकले जनाएको छ । नेपालबाट भएको उडानमा कोरोना संक्रमित भएपछि एनएसीले पटकपटक हङकङमा उडान प्रतिबन्ध भोग्ने गरेको छ ।  नेपाल एयरलाइन्सलाई हङकङ उडानमा फेरि प्रतिबन्धसमाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका, बेलायत, नेपाल, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्समाथि हङकङले हवाई प्रतिबन्ध लगाएको हो । प

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध

अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड–१९ संक्रमणको कारण देखाउँदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटेसँगै दक्ष आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको थियो । नयाँ नियमअनुसार योग्य भिसाधारीलाई अब कुनै रोकतोक बिना अस्ट्रेलिया फर्किन पाउनेछन् । प्रतिबन्ध फुकुवासँगै द

पाकिस्तानमा चौथो पटक टिकटकमाथि प्रतिबन्ध

एजेन्सी। पाकिस्तानले चिनियाँ कम्पनी ‘बाइट डान्स’को उत्पादन टिकटकलाई चौथो पटक प्रतिबन्ध लगाएको छ। सर्ट भिडियो सेयरिङ प्लेटफर्म टिकटकले अश्लील सामाग्री फैलाएको भन्दै प्रतिबन्ध लगाइएको हो। बुधबार पाकिस्तानको दूरसञ्चार प्राधिकरणले टिकटकलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ। यसअघि पछिल्लो पटक अक्टोबर २०२० मा पनि टिकटकलाई पाकिस्तानले प्रतिबन्ध लगाएको थियो। पाकिस्तानमा टिकटक ३ करोडभन्दा धेरै पटक डाउनलोड गरिएको छ।

नेपालसहित चार मुलुकका नागरिकलाई मलेसियामा प्रतिबन्ध

काठमाडौं। मलेसियाले दक्षिण एसियाका चार मुलुकलाई यात्रामा अस्थायी प्रतिबन्ध लगाएको छ। नेपालसहित, बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकको यात्रामा प्रतिबन्ध लगाएको हो। यसअघि दक्षिण एसियामा कोरोना संक्रमणको दोस्रो लहर भयावह बनेको भन्दै भारतका नागरिलाई प्रतिबन्ध लगाइसकेको छ। मलेसियाका वरिष्ठ मन्त्री स्माइल सब्री याकोबले यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्।

इजरायलद्वारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध

एजेन्सी। इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ। ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको नयाँ भेरियन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ । यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन्। सो प्रतिबन्ध आगामी सोमबारबाट सुरु हुने र १३ दिनसम्म रहने छ।

इजरायलद्धारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध

जेरुसेलम । इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ । ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ । यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन् । सो प्रतिबन्ध आगामी सोमबारबाट […]