नेपालले साफ च्याम्पियनसिप अघि मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं। साफ च्याम्पियनसिप तयारीको लागि नेपाली फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल्ने तयारी गरेको एन्फाले जनाएको छ। एन्फा कार्यसमितिको आपत्कालीन बैठकले मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको हो। एन्फाले भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि महिला टिमलाई इरान लगायतका देशसँग मैत्रीपूर्ण खेल खेलाउने सैद्धान्तिक निर्णय गरेको छ। महिला टिमले नेपालमै छनोट खेल खेल्नेछ।

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप भारतमा आयोजना हुने

३ फागुन, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल भारतमा आयोजना हुने भएको छ . दक्षिण एसियाली फुटबल महासंघ (साफ) को मंगलबार बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो . यद्यपि मिति र आयोजना हुने स्थान भने थए भइसकेको छैन । भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार मार्च १० सम्ममा आयोजना हुने स्थान तय […]

महिला साफ च्याम्पियनसिप दशरथ रंगशालामा हुने

महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौँको दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ रंगशालामा गर्ने निर्णय गरेको हो । बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।

कप्तान रेनुकाले साफ च्याम्पियनसिप फुटबल गुमाउने

२१ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् । एसियाली खेलकुदको तयारी स्वरुप एन्फा कम्प्लेक्समा भएको प्रशिक्षणका क्रममा फाउल भइ लड्दा उनको घाँटीमुनिको बाया क्ल्यारिकल बोन (ब्युटी बोन) भाँचिएको हो । घाइते भएपश्चात टिमसँगै रहेकी फिजियो आभासना राजभण्डारीले उनको अवस्थाको निरीक्षण गरेकी […]

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने पक्का भएको हो । अब साफ च्याम्पियनसिप भदौं १३ देखि २५ (अगस्ट २९ देखि सेप्टेम्वर १०) सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का […]

महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाण्डौ – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।  बंगलादेशको ढाकामा आज बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गर्नुभएको थियो । त्यही प्रस्तावलाई समितिले अनुमोदन गरेको हो । साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।   नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विरा...

महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने

बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो।साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।

साफ च्याम्पियनसिप भदौमा गर्न प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिप भदौमा नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको छ । एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँगको भेटमा महिला साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको बताइएको छ । […]

महिला साफ च्याम्पियनसिप भदौमा गर्ने प्रस्ताव

काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आगामी भदौमा आयोजना गर्ने प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको हो । एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गर्दै उक्त […]

साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारत खेल्दै

३० असोज, काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ । फाइनल खेलमा नेपाली टिमका एक जना महत्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले […]

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

२५ साउन, काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावलाई रिभ्यु गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको […]