देउवा भेट्न बूढानिलकण्ठ पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमवार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु बूढानिलकण्ठ पुगेका छन् । सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने जसपाका एक नेताले जानकारी दिए । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चासँगै जसपाको ...

सम्बन्धित सामग्री

महन्थ ठाकुर र राजेन्द्र महतोबीच दुरी बढ्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पुनः एकपटक आन्तरिक विवाद सुरु भएको छ । राष्ट्रिय जनता पार्टीदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोबीच सौहाद्र सम्बन्ध थिएन । पार्टीमा को शक्तिशाली भनि देखाउनका लागि दुवैजनाबीच द्वन्द्व छ । अहिले पछिल्लो समय चुनाव सकेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बीचको दुरी झन बढेको छ । चुनावपछि पार्टीको समीक्षात्मक बैठक पनि बस्न सकेको छैन । सर्लाही २ बाट चुनाव हारेपछि उनी केही दिनका लागि काठमाडौँ आएका थिए । केही समय काठमाडौंमा बसेर जनकपु

महन्थ ठाकुर र राजेन्द्र महतो जसपा नेपालको साधारण सदस्यमात्र

जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर र राजेन्द्र महतोलाई साधारण सदस्यको रुपमा मात्र सीमित गरिएको छ ।जसपाले केन्द्रीय कमिटीलाई अध्यावधिक गर्दै महन्थ ठाकुर, राजेन्द्र महतोलाई साधारण सदस्यका रुपमा सीमित गरेको हो । यसअघि ठाकुर पार्टीका अध्यक्ष थिए भने महतो वरिष्ठ नेताका रुपमा थिए ।जसपाले निर्वाचन आयोगमा ५१५ जना केन्द्रीय सदस्यको नामावली पठाएको छ । उक्त नामावलीमा महन्थ ठाकुर पक्षका अधिकांशको नाम छैन । जसपा नेपाल पार्टी कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यको सूचीमा उपेन्द्र यादव नेतृत्वका तत्का

महन्थ ठाकुर पक्षका सांसद अरगरिया भन्छन्- हामी पनि देउवालाई विश्वासको मत दिन्छौं

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पनि विश्वासको मत दिने भएको छ।

स्पष्टीकरण सोध्ने निर्णय मान्य नहुने महन्थ ठाकुर भनाई

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव पक्षले गर्ने कुनै पनि निर्णय नमान्ने बताएका छन्। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट आइतबार ठाकुरले कुनै पनि निर्णय नमान्ने बताएका हुन। यादव पक्षका ३१ सदस्य सहभागी बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण […]

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । नयाँ विकसित राजनीतिक घटनाक्रमलाई लिएर बसेको बैठकले सो निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने सो पक्षले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा […] The post महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

महन्थ ठाकुर र राजेन्द्र महतो पुगे भारतीय दूतावासमा

काठमाडौँ । जनता समाजवादी पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो बिहीबार साँझ भारतीय दूतावास पसेका छन्। प्रधानमन्त्रीमा केपी शर्मा ओली नै निरन्तर हुने निश्चितसँगै ठाकुर र महतो दूतावास छिरेका हुन्। आफ्ना १६ जना सांसदलाई भक्तपुरको एक रिपोर्टमा राखेर बालुवाटार पसेका उनीहरू त्यहाँबाट दूतावास छिरेको स्रोतको भनाई छ ।

बुढानिलकण्ठमा देउवासँग महन्थ ठाकुर र राजेन्द्र महतो छलफलमा

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। सभापति देउवासँग ठाकुर र महतोबीच झण्डै एक घण्टादेखि छलफल भइरहेको एक नेताले देखापढीलाई बताए। राष्टपति विद्यादेवी भण्डारीले विपक्षी दलहरुलाई नयाँ सरकार बनाउन दिएको समयसीमा आज सकिँदैछ। तटस्थ बस्ने निर्णय गरेका ठाकुर र महतोले देउवालाई भेट्नु अर्थपूर्ण मानिएको छ।

देउवालाई भेटेपछि ओलीलाई भेट्न सिधै बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिधै बालुवाटार पुगेका छन् । नेताद्वय ठाकुर र महतो कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठबाट सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको जसपाका एक नेताले जानकारी दिए । देउवासँगको भेटमा नेताद्वयले भावी सत्ता समीकरणमा आफूहरू कतै नलाग्ने सन्देश दिएको स्रोतले जनाएको छ ।  आफूहरू तटस्थ रहँदा वैकल्पिक सरकारको सम्भावना पनि नरहने भन्दै ठाकुर र महतोले चुनावको माहोल...