विराटनगर : सरकार गठन भएको ४ वर्ष बितिसक्दा तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले प्रदेशको नाम टुंगो लगाउन सकेको छैन।प्रदेशको नाम पहिचानको आधारमा राख्ने या भूगोलको आधारमा राख्ने भन्ने विषयमा प्रमुख दलहरू नै अलमलिएका छन्।गत कात्तिक १६ मा प्रदेश १ को तेस्रो मुख्यमन्त्रीका रूपमा राजेन्द्र राईले शपथ ग्रहण गरेदेखि लिएर विभिन्न कार्यक्रममा समेत प्रदेशको नामकरण नै पहिलो प्राथमिकतामा रहेको बताउँदै आइरहेका छन्।माघ ३ गते प्रदेश २ ले मधेश प्रदेश नाम टुंगो लगाएसँगै देशका ७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र रा