आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि प्रमुख विहीन

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुख विहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ । केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ । कार्यालय प्रमुख नहुँदा काम ठप्प भएको स्वास्थ्य केन्द्र वैद्य गोर्खबहादुर रावतले जानकारी दिए । “लामो समयदेखि कार्यालय प्रमुखको अनुपस्थितिले हामीले तलबसमेत खान पाएका छैनौैँ”, दुखेसो पोख्दै वैद्य रावतले भने, “कार्यालय प्रमुखको मागका लागि अहिले कर्णाली प्रदेशको राजधानी