एसीसीको छलफल आजः जसपाको बैठक भाेलि बस्ने

विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ। तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो।...

सम्बन्धित सामग्री

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

१८ असार, वीरगञ्ज  । जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने भएको छ । बैठक यही असार २७ र २८ बोलाइएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण […]

गठबन्धनमा जसपाको अवस्था ‘माझीदाइ’ जस्तो रह्यो:बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जसपा नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जसपाको अवस्था‘माझीदाइ’जस्तो रहेको टिप्पणी गरेका छन्।सामाजिक संजालमा लेख्दै भट्टराईले गठबन्धनबाट माओवादीले फाइदा लिएको र गोरखाको गोरखा नपा र गण्डकी गापा पनि माओवादीले जसपाको सहयोगमा जितेको बताएका छन्।उनले लेखेका छन्,देशैभर जसपाको अवस्था चाहिँ ‘माझीदाइ’को जस्तो रहेको हो –अरूलाई नदी तार्ने तर आफू चाहिँ वरै बस्ने !’

जसपाको बैठक जारी, केन्द्रीय समिति बैठकका  एजेन्डा तय गर्ने

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक जारी छ । शनिबार बस्ने संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि जसपाको बैठक बसेको हो । यही फागुन १४ गतेदेखि बसेको कार्यकारिणी समितिको बैठकले तय गरेको एजेन्डामाथि छलफल सुरु भएको छ ।तर बैठकमा नेताहरुको बीचमा कुरा नमिल्दा सहमतिका लागि अध्यक्ष उपेन्द्र यादव, परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी थियो । तीन नेताको बीचमा सहमति जुटेपछि आज कार्यकारिणी समितिको बैठक बसेको हो । बैठकले प

११ वजे बस्ने भनिएको जसपाको बैठक अझै बस्न सकेन

११ वजे बस्ने भनिएको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक अझै बस्न सकेको छैन । शीर्ष नेताहरुको बीचमा आन्तरिक छलफल चलिरहेको कारण बैठकमा ढिलाई भएको हो ।जसपाका कार्यकारिणी सदस्य एवं कार्यालय सचिव प्रकाश अधिकारीले आफूहरु छलफलमा रहेकाले छलफल सकिए पछि औपचारिक बैठक बस्ने बताए ।  १२ वटा एजेण्डा तय गरी फागुन १३ गतेदेखि कार्यकारिणी समितिको बैठक जारी रहेको छ । स्थानीय तहको चुनाव र एमसीसीको विषयमा निर्णय गरिसकेको छ भने संगठनात्मक कार्य समिति र समायोजनको विषयमा पार्टीमा छलफल हुनुभन्दा पह

पहिलो पटक जसपाको केन्द्रिय समितिको बैठक बस्दै, नेताहरुको कार्यविभाजन हुने

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) केन्द्रीय समिति बैठक बस्ने भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बोलाएका हुन्। जसपा गठन भएपछि पहिलोपटक बैठक बस्न लागेका हो। बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुने जसपाका प्रचारविभाग प्रमुख डम्बर खतिवडाले बताए। जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य भएपनि हाल ७७९ मात्रै कायम छन्।

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, १२ साउन । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका छन् । जसपाको कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएको हो । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ । यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, […]

जसपाको महन्थ ठाकुर समूहले देउवालाई साथ नदिने, ओलीसँगै गठबन्धन

काठमाडौं, ३० असार । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले नेकपा एमालेको केपी शर्मा ओली समूहसँगको गठबन्धनलाई कायमै राख्ने भएको छ । उक्त समूह सरकारमा नगई विपक्षमा बस्ने र अहिलेलाई ओली समूहसँग मिलेर जाने टुंगोमा पुगेको हो । जसपाको ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले आफूहरु सरकारमा नजाने र प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन पनि नगर्ने स्पष्ट […]

जसपाको ठाकुर पक्षले बोलायो बैठक

काठमाडौं। सरकारमा जाने विषयलाई लिएर दुई धारमा पुगेको जसपाको महन्थ ठाकुर पक्षको बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशबाट मन्त्रीहरु पदमुक्त भएपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न ठाकुर पक्षको बैठक बस्न लागेको हो। बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका निवर्तमान सांसद र कार्यकारिणी समितिका सदस्य उपस्थित हुनेछन्। बैठकमा पार्टीभित्रको विवादका विषयमा समेत छलफल हुनेछ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बस्ने

काठमाडौं।जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बस्ने भएको छ।आज अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै कार्यकारिणीको बैठक जेठ ८ र ९ मा बस्ने जानकारी गराएका हुन्।वक्तव्यमा भनिएको छ,“देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार विमर्ष गरी निष्कर्षमा पुग्नु पर्ने भएको हुँदा बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ।”

जसपामा नयाँ ट्विस्ट : विश्वासको मत दिनेबारे महन्थ ठाकुर तटस्थ बस्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेबारे महन्थ ठाकुर तटस्थ बस्ने भएका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत दिन औपचारिक आग्रह नगरेको र पार्टीभित्रको विवादलाई ध्यानमा राखेर तटस्थ बस्ने जसपाका एक नेताले बताए। ओलीको रणनीतिअनुसार नै जसपाको महन्थ पक्ष तटस्थ बस्ने ती नेताले उल्लेख गरे। उपेन्द्र यादवले भने आफ्ना निकटका सांसदलाई विश्वासको मतको विपक्षमा भोट हाल्न भनिसकेका छन्।