बर्दिया : २०७६ चैत्र ११ गते सरकारले देशव्यापी रुपमा लकडाउन गरेसँगै दशैभरको पर्यटन व्यवसाय ठप्प भयो। कोरोनाको महामारी केही मात्रामा कम भएपछि सुरु भएको पर्यटन व्यवसाय फेरी ठप्प बनेको छ।कोरोना महामारी देशव्यापी रुपमा फैलिएसँगै विभिन्न जिल्लाहरुले लकडाउन र निषेधाज्ञा गरिरहेका छन्। दोस्रो चरणको लकडाउनले बर्दियाको पर्यटन व्यवसाय फेरी ठप्प बनेको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण प्रसाद भट्टराइले बताए। ‘कोरोना महामारीले नराम्ररी थला परेको पर्यटन व्यवसाय भर्खरै माथि उठ्न लागेको थियो&rsquo