इन्डोनेशिया र पूर्वी टिमोरमा बाढीपहिरो : ज्यान गुमाउनेको संख्या ५० नाघ्यो

इन्डोनेसिया र पूर्वी टिमोरमा बाढीपहिरो चल्दा ज्यान गुमाउनेको संख्या ५० नाघेको छ। लगातार पानी परिरहेका कारण बाढी बाँधभन्दा पनि माथि आइपुगेको र कयौं द्वीपमा हजारौं घर तथा संरचनाहरू नष्ट भएको खबर छ। बाढी र पहिरो इन्डोनेशियाको फ्लोर्स द्वीपदेखि छिमेकी मुलुक टिमोरसम्म फैलिएको छ। इन्डोनेशियाको चार उपजिल्ला र सातवटा ठूला गाउँ यसको चपेटामा परेका छन्। पूर्वी फ्लार्सका उपराज्य संरक्षकले सो नगरपालिकामा कम्तिमा ६० जनाको ज्यान गएको र दर्जनौं मानिस बेपत्ता भएको बताएका छन्। यस्तै, पूर्वी टि