माघ १९, विराटनगर । बैंक ठगी कसुरमा १५ लाख जरिवानासहित १० महीना सात दिन कैद सजाय पाएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सीताराम लुइँटेललाई प्रदेश १ को प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १८ गते (बुधवार) पक्राउ गरको हो ।
अभियक्त लुइँटेललाई बैंकिङ कसुरको आरोपमा उच्च अदालत विराटनगरले १० कात्तिक २०७८ मा १० महीना सात दिन कैद र रू. १५ लाख जरिवानाको सजाय सुनाएको थियो । अभियुक्त लुइँटेल अदालतले सजाय सुनाएपछि फरार भएका थिए ।
प्रहरीले मंगलवार जिल्ला अदालत मोरङमा बुझाएपछि अदालतले अभियुक्त लुइँटेललाई जेल चलान गरेको छ ।