सपथसँगै मन्त्रिमण्डल विस्तार हुने, जसपा र माधव समूह समेट्ने प्रयास

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार २ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानु भएपछि पहिलो चरणको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । मन्त्री को को बन्ने विषयमा टुङ्गो लागि नसके पनि पहिलो चरणमा पुरानै केही मन्त्रीहरु पुनः दोहोरिने सम्भावना रहेको एमाले स्रोतले बताएको छ

सम्बन्धित सामग्री

हाम्रो कारणले मन्त्रिपरिषद विस्तार रोकिएको होइन : माधव समूह

एमालेको माधव समूहले आफ्ना कारणले मन्त्रिमण्डल विस्तार नरोकिएको दावी गरेको छ । नेता रघुजी पन्तले आफ्नो समूहका कारण मन्त्रिपरिषद विस्तार रोकियो भन्ने कुरामा सत्यता नभएको बताएका हुन् ।‘हाम्रो कारणले होइन, हामीले सरकारमा जान्छौ भनेकै छैनौ, त्यसकारण हाम्रा कारणले किन रोकिनु ?’, पन्तको प्रश्न छ । उनले आफुहरु सत्तापक्षमा नभएको पनि प्रस्ट पारे । ‘हामी सत्तापक्षमा छैनौ । तपाईहरु पत्रकारले यति पनि देख्न सक्नुभएन भने यो त विडम्बना हो’, पन्तको भनाइ छ ।

माधव समूह तत्काल सरकारमा सहभागी नहुने

नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि माधव समूहले प्राविधिक कारणले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ ।मंगलबार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । साथै उ