सामूहिक बाख्रापालनले दीर्घकालीन लाभ, दसैं नजिकिँदा देउखुरीका किसानलाई खसीबोका बेच्न भ्याइ-नभ्याइ

रूपन्देही । हिन्दू नेपालीको महान चाड दसैं नजिकिँदै गर्दा दाङको देउखुरी क्षेत्रका बाख्रापालक किसानलाई खसीबोका बिक्री गर्न भ्याइ नभ्याई छ । लमही नगरपालिकाको देउखुरीस्थित वडानम्बर ७, ८ र ९ लाई बाख्रा हवको रुपमा विकास गर्ने योजनाका साथ स्थानीय सरकारले दीर्घकालीन रणनीति बनाएर काम गर्न थालेपछि प्रत्येक वर्ष किसानहरु खसीबोका विक्री दर बढाउँदै लगेका छन् । […]