ओलीसँग भेटेर ठाकुर र महतो शीतलनिवासमा

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर ठाकुर र महतो बुधवार दिउँसो शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय भोलि सकिँदैछ । यो अवधिमा सरकार बन्न नसकेमा धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको सरकार बन्दा केपी ओलीलाई समर्थन गर्ने महतो र ठाकुरले बताएका छन् ।  मध्...