उडिसामा ५०० मेघावाट सौर्य ऊर्जा उत्पादन हुने

भारतको सरकारी ऊर्जा उत्पादक कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कम्पनी (एनएचपिसी)ले उडिसाको ग्रिन इनर्जिक डेभलपमेन्ट कर्पोरेसनसँग ५०० मेघावाट ऊर्जा उत्पादन गर्ने सम्झौता गरेको छ। सौर्य ऊर्जाबाट विद्युत निकाल्न लागिने ज्वाइन्ट...

सम्बन्धित सामग्री

सुख्खायाममा बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा : मन्त्री बस्नेत

१८ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुख्खायाममा हुने बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत चाहिँ बराबर हुने भन्दै उनले यसको उपयुक्त विकल्प सौर्य ऊर्जा नै भएको बताएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य […]

झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु

झापा – झापामा सौर्य ऊर्जा उत्पादन सुरु भएको छ । १० मेगावाट क्षमताको झापा इनर्जीले आजबाट उर्जा उत्पादन सुरु गरेको हो । शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित उर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक शवस्टेशनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायण प्रसाद पोखरेलले जानकारी दिए । सञ्चालक पोखरेलका अनुसार १५ दिनसम्म परीक्षणकालिन उत्पादन हुने र […]

पियोर इनर्जीको सौर्य ऊर्जा उत्पादन परीक्षण

गोल्यान ग्रुपअन्तर्गतको कम्पनी यस पियोर इनर्जी लिमिटेडले सौर्य ऊर्जा उत्पादनको सफल परीक्षण गरेको छ । कम्पनीको बाँकेको खजुरा रनियापुरमा रहेको ग्रिडमा आबद्ध सौर्य पिभी विद्युत् आयोजनाले १० मेगावाट क्षमताको ब्लक–१ सफलतापूर्वक...

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङ- लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ । हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले […]

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङ – लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ। जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो। सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ। हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताए। उत्पादित […]

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो ।बेसीसहर नगरपालिका–११ अन्तर्गत मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको स्वामित्वमा रहेको जग्गामा सोलार प्लेट राखी ऊर्जा उत्पादन गर्न लागिएको प्राधिकरणले जनाएको छ । सौर्य ऊर्जा उत्पादनका लागि जलविद्युत आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय […]

बारामा सौर्य ऊर्जा उत्पादन सुरु

अपि पावर कम्पनी लिमिटेडले बाराको डुमरवानामा एक मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ । नेपाल राष्ट्रिय माविको करिब ६ बिगाहा जग्गा भाडामा लिएर कम्पनीले ८ करोड लगानीमा सौर्य ऊर्जा उत्पादन थालेको हो । नेपालको पहाडी जिल्लाहरुमा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको अपि पावरले मधेस प्रदेशको चन्द्रनिगहापुरमा ४ मेगावाट, ढल्केबर र बाराको डुमरवानामा १/१ मेगाको विद्युत् उत्पादन गरिरहेको छ भने बाराको परवानीपुरमा थप ८ मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादनको काम भइरहेको कम्पनीले जनाएको छ  ।

उडिसामा ५०० मेवा सौर्य ऊर्जा उत्पादन गर्न एनएचपीसी र जीईडीकोल बीच  सम्झौता

पुस २७, नयाँदिल्ली(भारत) । भारतको उडिसामा ५०० मेगावाट(मेवा) सौर्य ऊर्जा उत्पादन गर्न सम्झौता भएको छ ।  त्यहाँको सरकारी ऊर्जा उत्पादक कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कम्पनी (एनएचपीसी) ले उडिसाको ग्रिन इनर्जिक डेभलपमेन्ट कर्पोरेसन अफ उडिसा(जीईडीकोल) सँग ५०० मेवा ऊर्जा उत्पादन गर्न हालै सम्झौता गरेको हो। सौर्य ऊर्जाबाट विद्युत् निकाल्न लागिने ज्वाइन्ट भेन्चरमा पहिलो चरणमा ३०० मेवा बिजुली उत्पादनका लागि २० अर्ब  भारु खर्च हुने इकोनोमिक टाइम्सले  आफ्नो वेब संस्करणमा समाचार छापेको छ।  उडिसा सरसकारका ऊर्जा राज्यमन्त्री दिव्यशंकर मिश्रको उपस्थितिमा एनएचपिसीका सीएमडी एके सिंह र उडिसाको उत्पादक कम्पनीका तर्फबाट अध्यक्ष विष्णुपद सेठीले हस्ताक्षर गरेको भारतीय ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले  समाचार छापेको छ। उनीहरु  बीच  सन् २०२० को जुलाई २० मा ऊर्जा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। अब दुवै कम्पनीका तर्फबाट ज्वाइन्ट भेन्चर कम्पनी स्थापना हुनेछ र त्यसले त्यहाँको सरकारको निर्देशन अनुसार काम अघि बढाउने छ। कम्पनीमा केन्द्र सरकार मातहतको कम्पनीको दुईतिहाई लगानी हुनेछ भने एक तिहाई उडिसाको कम्पनीको हुने छ।  कम्पनीमा एनएचपिसीतर्फ तीनजना निर्देशक तथा एकजना प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुने छन् भने उडिसाको कम्पनीले एकजना निर्देशक तथा मातहतका अन्य महत्वपूर्ण पद पाउने सम्झौतामा उल्लेख छ। भारतले उडिसामा नवीकरणीय ऊर्जाका क्षेत्रमा गर्न लागिएको यो ठूलो लगानी भएको बताएको छ । एजेन्सी

सौर्य ऊर्जा उत्पादन गर्दै गुठीचौर

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट विद्युतीकरण गर्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जा उत्पादन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । ‘वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउन सौर्य ऊर्जा उत्पादन गर्न थालिएको हो,’ उनले भने ।     अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयवासीलै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन् । यससँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुनेछ । कुनै पनि घर बिजुलीविहीन हुने छैनन् । सबै घरधुरीमा बिजुली पु¥याउन स्थानीय सरकार लागिपरेको छ । गाउँगाउँमा सडक, घरघरमा बिजुली, एक घर एक धाराको अवधारणा साकार पार्न लागिएकोे अध्यक्ष भण्डारीले बताए । सौर्य ऊर्जाका लागि तीन करोड ५६ लाख विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिनेछ । गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ । बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो ।

दुई करोड अनुदानमा कर्णालीका पाँच गाउँमा सौर्य ऊर्जा

जुम्ला-वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले माथिल्लो कर्णालीका पाँच स्थानीय तहका दुर्गम गाउँबस्ती झिलिमिली बनाउन साढे २ करोड अनुदान दिएको छ । अहिले जुम्लाका दुई गाउँबस्तीसहित कर्णालीका पाँच स्थानीय तहमा सौर्य ऊर्जा जडान कार्य भइरहेको छ । केन्द्रको करिब २ करोड ४८ लाख अनुदानमा स्थानीय तहको स्वामित्वमा तीन महिनाभित्र सौर्य ऊर्जा उत्पादन हुनेगरी काम अघि बढेको […]