पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न कमल थापालाई राप्रपा पदाधिकारीको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारी बैठकले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंमा उपलब्ध पदाधिकारी बैठकले थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो । राप्रपा बैठकले पार्टी परित्याग गर्ने थापाको निर्णयलाई अनपेक्षित र अप्रत्यासित भन्दै दुःख प्रकट गरेको छ ।