खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् ।अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पु-याएको छ । अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको सिग