राम रहिम हत्याका दोषी ठहरिए, मंगलबार सजायको घोषणा

 डेरा सच्चा सौदा प्रमुख गरमीत राम रहिम डेरा प्रेमी रंजित सिंहको हत्याको मामिलामा दोषी ठहर भएका छन् ।पञ्चकूलामा सीबीआईको विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । यो मामिलामा गुरमित राम रहिमबाहेक पाँच अन्य व्यक्तिलाई पनि दोषी ठहर गरिएको छ । आउँदो मंगलबार उनीहरुको सजायबारे घोषणा हुनेछ ।यद्यपि, राम रहिम बलात्कार र एक पत्रकारको हत्याको ममिलामा पहिले देखि नै जेलमा आफ्नो सजाय काटिरहेका छन् । रणजीत सिंह डेराको प्रतिबन्धित १० सदस्ययुक्त समितिका सदस्य थिए । सन् २००२ मा उनको हत्या गरिएको थियो । यस