गण्डकी प्रदेश सरकारको अन्तिम बजेट ३६ देखि ३८ अर्ब

गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री रामजीप्रसाद बरालले आज दिउँसो ४ बजे प्रदेश सरकारको आय व्यय प्रदेशसभा बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ । आगामी आर्थिक वर्षका लागि ३६ देखि ३८ अर्बसम्म आकारको बजेट ल्याउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिलेको बजेट चुनाव लक्षित हो ।चालु आर्थिक वर्षका लागि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले ३० अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । यद्यपि सो बजेट जेठसम्ममा २२ प्रति