काठमाडौं, २९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएका विपक्षी गठबन्धनले आफू पक्षीय मुख्यमन्त्री पद सुरक्षित गरेलगत्तै आक्रामक रणनीति कार्यान्वयनमा ल्याएका छन् । कर्णाली र सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीहरुको पद सुरक्षित गरेलगत्तै विपक्षी गठबन्धन प्रदेशहरुमा आक्रामक रुपमा उत्रिएका हुन् । विपक्षी गठबन्धनले एमालेबाट गण्डकी प्रदेशको सरकारको नेतृत्व खोसेको छ । […]