काठमाडौँ । दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकारले संविधान कार्यान्वयनमा निकै महत्त्वपूर्ण काम गरेको बताएका छन् ।मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकारबाट बाहिरिनु पर्दा आफूलाई रत्तीभर चिन्ता नरहेको बताए । उनले ‘जनादेशले होइन, परमादेशका कारण आफू सरकारको जिम्मेवारीबाट बाहिरिनुपरेको’ टिप्पणीसमेत गरे ।ओलीले देश र जनताप्रति सम्पूर्ण निष्ठा र इमानदारिताका साथ समृद्धि, सुशासन, विकास, जनतामा सेवा सुविधा पु¥याउने कुर