मुख्यमन्त्री पाेखरेलद्वारा शपथ ग्रहण !

रुपन्देही – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री पाेखरेललाई आइतवार राति प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएको हो ।आइतवार बिहानमात्रै पाेखरेलले राजीनामा दिनुभएकाे थियाे । उहाँले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल बहुमत सरकार गठन गर्ने भन्दै राजीनामा दिनुभएकाे थियाे । प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य ...

सम्बन्धित सामग्री

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिनुभएको छ । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् गठन गरेर शपथग्रहण गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गर्नुभएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा शपथ ग्रहण

दाङ - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु भएकाे हाे ।  लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी हिजो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । चौधरीलाई कांग्रेस, माओवादीसहित नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । यसअघि एमालेका लिला गिरी नेतृत्वको...

बाग्मती प्रदेशका सभामुख पाठकद्वारा शपथ ग्रहण

मकवानपुर – बाग्मती प्रदेशका नवनिर्वाचित सभामुख राप्रपाका भुवनकुमार पाठकले शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हाे । निर्वाचित भएलगतै पाठकलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागिय मन्त्री उद्धव थापा, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरू लगायतकाे उपस्थिति थियाे । यसैगरी आज दिउँसो प्रदेश सभामा भएकाे&n...

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री जमकट्टेलले सिफारिसमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गर्नुभएको छ । […]

पोखरा महानगरका जनप्रतिनिधिहरुको शपथ ग्रहण (तस्वीर)

काठमाडौं : स्थानीय तह निर्वाचन, २०७९ अन्तर्गत पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारीहरूले आज शपथ ग्रहण गरेका छन्। पोखरास्थित सभागृहमा घोषणा सभा‚ प्रमाणपत्र वितरण तथा शपथ ग्रहण सम्पन्न भएको कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए।कास्कीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत कास्की का न्यायाधीश भट्टराईको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।जिल्लाको स्थानीय तह निर्वाचन सुरक्षित र मर्यादित तवरले सम्

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा शपथ ग्रहण

काठमाडौँ– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार अबेर उनलाई शपथ गराएका छन् । शाही मंगलबारै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मंगलबार मुख्यमन्त्रीलेमात्र शपथ ग्रहण गरेका छन् । अन्यमन्त्रीहरुको शपथ ग्रहण मंगलबार भएन । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को […]

गण्डकीका मन्त्री डाेबाटेद्वारा शपथ ग्रहण

कास्की – गण्डकीका नवनियुक्त मन्त्री डाेबाटे विश्वकर्माले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सोमवार बेलुकी डाेबाटे विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । यसअघि नै मन्त्री बन्ने चर्चा भएर शपथका लागि जाँदै गर्दा उहाँकाे नाम काटिएको थियो । उहाँको ठाँउमा प्रदेश सभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाएपछि आलोचना भएको थियो । तस्बिर : बुद्धि कुमार...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा शपथ

काठमाण्डाै – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री केसीले आजै प्रदेश प्रमुखसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थन रहेको छ । केसी रोल्पाको निर्वाचन क्षेत्र १ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थिय...

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री नेपाली तथा मन्त्रीद्वारा शपथ ग्रहण

कास्की - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।  आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले हिजाे साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।  प्रदेश प्रमुख पौडेलले हिजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्व...