सुर्तीजन्य पदार्थमा राजस्व बढाउनुपर्ने

नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ । स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियाका सहभागी वक्ताले नेपालमा सस्तो सुर्तीजन्य पदार्थ बिक्री वितरण पाइएकाले राजस्व बढाएर सेवनमा नियन्त्रण गर्न सकिने बताउनुभयो ।        राजस्व बढाइएका खण्डमा चुरोट, खैनी, सुर्ती र गुट्खा महँगो पर्ने र व्यक्तिको सेवनमा न्यूनीकरण गर्न सकिने बताइएको छ । सहभागीले नेपालमा अहिले ३० प्रतिशत सुर्तीजन्य पदार्थमा राजस्व लिने गरिएकामा ७० प्रतिशतसम्म पु¥याउनुपर्ने जोड दिए ।           कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले सुर्तीजन्य पदार्थमा राजस्व बढाएर चुरोट, खैनी, सुर्ती र गुट्खाको सेवनलाई नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । सुर्तीजन्य पदार्थ सस्तोमा पाइने भएकाले राजस्व बढाएर महँगो पर्ने भएपछि सेवन पनि कम हुने उहाँको भनाइ थियो ।          “हामीकहाँ अन्य देशको तुलनामा सस्तोमा चुरोट पाइन्छ”, उहाँले भन्नुभयो, “सस्तोमा पाइने भएकाले शोखका रुपमा पनि मानिसले चुरोट सेवन गर्दछ । राजस्व बढाएर महँगो बनाउने हो भने कम सेवन गर्दछन् ।” उहाँले स्वास्थ्य तथा जनसङ्ख्या र अर्थमन्त्री दुवैसँग राजस्व बढाउने विषयमा आफूले छलफल गर्नेसमेत जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

सुर्तीजन्य पदार्थ बेच्न पाइने

उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ।...

सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

विराटनगर महानगरले साउन १ देखि सुर्तीजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगर परिषद्को निर्णयअनुसार सबैखाले सुर्तीजन्य पदार्थ बेचबिखनमा साउन १ देखि प्रतिबन्ध लगाइएको हो।...

‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’

सुर्तीजन्य पदार्थ विरुद्ध जनचेतना अभिवृद्धि गरी यस्ता पदार्थको सेवनलाई निरुत्साहन वा प्रतिबन्ध गर्नका लागि सुर्ती उत्पादनको साटो खाद्यान्न उत्पादन बढाउन र विज्ञापनमा रोक लगाउने अभियान चलाउनु नै यस दिवसको मुख्य उद्देश्य हो।

रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

काठमाडौं : काठमाडौं महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको भए तापनि त्यसको पालना गरेको देखिँदैन। कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे १ सय रूपैयाँ जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो।रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस स

आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

आजदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ।...

आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनमा निषेध

१ असोज, काठमाडौं । काठमाडौं आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, […]

हेटौंडामा मनाइयो सुर्तीजन्य पदार्थ रहित दिवस

हेटौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ । सुर्तीजन्य पदार्थ रहित दिवस अवसरमा मंगलबार स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।निर्देशनालयले सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने नारालाई सार्थक बनाउन प्रभातफेरी कार्यक्रम गरेको थियो भने दिउँसो सडक नाटक प्रदर्शन र पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गरेको थियो । प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रय

सुर्तीजन्य पदार्थ प्रयोग नगर्न  स्वास्थ्यमन्त्री लामाको आग्रह

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन्।

उद्यमीको हस्तक्षेपले नियन्त्रणमा आएन सुर्तीजन्य पदार्थ

उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थ नियन्त्रणमा आउन नसकिएको देखिएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको अध्ययनले व्यवसायीको ठाडो हस्तक्षेपले सुर्तीजन्य पदार्थ नियन्त्रणमा आउन नसकेको देखाएको हो ।यस्तै, नेपालमा सुर्तीजन्य पदार्थमाथि लगाइने कर दक्षिण एसियामै सबैभन्दा कमजोर रहेको देखिएको छ । सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई नदेखिने तवरले गरिने प्रायोजनका कारण सुर्ती नियन्त्रण हुन नसकेको देखिएको छ ।सार्वजनि

अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने

काठमाडौँ – अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको नेपालमा रहेको कतारी दूतावासले जनाएको छ ।  यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।