पीडित परिवारलाई १८ लाख क्षतिपूर्ति

फिस्लिङ–शक्तिखोर सडक खण्डअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी  दुर्घटनामा परि मृत्यु भएकाको परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।इलाका प्रहरी कार्यालय टाँडीमा पीडित  पक्ष र सवारीसाधनका धनीबीच उक्त क्षतिपूर्ति दिने सहमति भएको हो । यसअघि पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गर्दै आएको थियो । मृतकका आफन्त अञ्जान गुरुङका अनुसार दुर्घटनाको तीन दिनपछि मृतकको शव आज उनका परिवारजनले बुझेका छन् ।शुक्रबार साँझ शक्तिख

सम्बन्धित सामग्री

बाराका बाघ पीडित बासिन्दालाई क्षतिपूर्ति

काठमाडौं । बाघ पीडित बाराको टाँगिया बस्तीका बासिन्दालाई क्षतिपूर्ति उपलब्ध गराईएको छ । बाघले बाख्रा खाएका वन्यजन्तु पीडित परिवारलाई साना किसान कृषि सहकारी संस्था लिमिटेडले क्षतिपूर्ति स्वरुप आर्थिक सहयोग गरेको हो । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय वन क्षेत्रभित्र बसोबास गर्दै आएका बासीन्दालाई सहयोग गरीएको हो । गतसाता धनबहादुर थिङसहित अन्य स्थानीयबासिन्दाको बाख्रा बाघले मारेको […]

पोखरा जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न अनुरोध

२३ जेठ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ । १ माघ २०७९ मा भएको उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएको र सो निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न सूचनामा भनिएको छ । कानुन बमोजिम पाइने […]

भारतीय निर्माण कम्पनीले दियो दार्चुलाका मृतक बालकको परिवारलाई १६ लाख क्षतिपूर्ति

काठमाडौँ- सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । गएराति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम […]

मृतक नेता चौधरीको परिवारलाई १६ लाख क्षतिपूर्ति दिन सहमति, परिवारले शव बुझे

टिपरको ठक्करबाट मृत्यु भएका स्थानीय नेता खेदु चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ । इलाका प्रहरी कार्यालय विजयपुरमा सोमबार अबेर रातिसम्म चलेको छलफलमा गाडी धनी गुगल निर्माण सेवाका सञ्चालक रामु खनालले चौधरीको परिवारलाई १६ लाख रुपैयाँ दिने सहमति भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए । पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपछि मृतक चौधरीको शव पीडित परिवारले बुझेका छन् ।फतुवाविजयपुर–११ हिमालीबासमा आइतबार राति साढे ८

बसको ठक्करबाट ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति

काठमाडौं, मंसिर ९ । बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच भएको त्रिपक्षीय वार्ताले मृतकका परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम प्रदान गर्ने सहमतिपछि आफन्तजनले शव बुझेका हुन् । मृतकका आफन्तजनले उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने […]

दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति

बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई रु नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच भएको त्रिपक्षीय वार्ताले मृतकका परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम प्रदान गर्ने सहमतिपछि आफन्तजनले शव बुझेका हुन् । मृतकका आफन्तजनले उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने चेतावनीसहित करिब आधा घण्टा पृथ्वीराजमार्ग अवरुद्ध गरेपछि त्रिपक्षीय वार्ता बसेको थियो । मृतकका परिवारलाई दुर्घटना बीमाबापत र

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति

करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो । बिहीबार रानाको करेन्ट लागेर मृत्यु भएको थियो ।विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन् । पीडितले रु २५ लाख क्षतिपूर्तिको माग गरेका थिए । चित्रबहादुर आफ

मृतक मजदुरका परिवारलाई ३० लाख क्षतिपूर्ति दिने सहमति

संखुवासभा : निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत गृहस्थलको सुरुङ भित्र मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ।बुधबार बिहान सुरुङ भित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो। चिचिला अरुण तेस्रो निमार्ण गरिहेको पटेल इन्जिनियरिङ र पीडित पक्षबीच सहमति भए पछि रानाको शव आफन्तले जिम्मा लिएका छन्।मृतक रानाको परिवारलाई निर्माण कम्पनीले किरिया