प्रचण्ड कोरोना संक्रमणमुक्त भए

काठमाडौं, २ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो । पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै प्रचण्ड कोनामुक्त भएको पुत्री रेणु दाहालले जनाएकी छन् । कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।

सम्बन्धित सामग्री

६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको संख्या ६३ जनामा झरेको छ । एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन […]

थप ८२ जनामा कोरोना संक्रमण

काठमाडौं, २ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र एक हजार ३८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् […]

काभ्रेमा कोरोना संक्रमण दर शून्यमा झर्दै

काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना  संक्रमण मुक्त भएका छन्। दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना  संक्रमणमुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप संक्रमित देखिएको छैन। कोरोना  संक्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन्।

प्रदेश १ मा थप ८४ जनामा कोरोना संक्रमण, २७६ जना संक्रमणमुक्त

मोरङ – प्रदेश १ मा २ सय ७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशको मोरङमा १ सय १५, झापामा ६१, सुनसरीमा ५३ र अन्य जिल्लामा गरी कुल २ सय ७६ जना कोरोना संक्रमण निको भएका हुन्। यसक्रममा १ सय १९ महिला र १ सय ५७ जना पुरुष संक्रमणमुक्त भएका हुन्। […]

आज १५ सय ३५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ३५ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा छ लाख ६१ हजार ६५१ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव ८ प्रतिशतले कोरोना जितिसकेको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा सात लाख ६९ हजार ९२२ जनामा संक्रमण पुष्टि भइसकेको छ।

आज २ हजार २० जनाले जिते कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २० जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा छ लाख ५६ हजार १९७ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्, भने संक्रमणमुक्त हुने दर ९४ दशमलव १ प्रतिशत छ। नेपालमा कुल संक्रमितको संख्या सात ५९ हजार ३०७ रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा विश्वभर तीन लाख ८५ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख ८५ हजार ६८० जनाले कोरोना भाइरस जितेका छन्। विल्डोमिटरका अनुसार सबैभन्दा बढी कोरोना संक्रमण जित्ने भारतका छन्। जसअनुसार भारतमा ३७ हजार ३१४ जना, ब्राजिलमा २५ हजार ३८९ जना, अमेरिकामा २३ हजार ५८८ जना, रसियामा २० हजार ४८५ जना, इरानमा १९ हजार २९८ जना र अर्जेन्टिनामा १४ हजार १३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

आज १८ सय १६ जनाले जिते कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १८ सय १६ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा चार दशमलव ४७ प्रतिशतले संक्रमण जितेका छन्। हालसम्म नेपालमा छ लाख ५२ हजार २६१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा संक्रमितहरुमध्ये ९४ दशमलव १ प्रतिशत कोरोना संक्रमणमुक्त भइसकेका छन्।

आज १६ सय ६ जना कोरोना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमणमुक्त हुनेको संख्या छ लाख २४ हजार ७११ जनाले कोरोना जितिसकेका छन्। हालसम्म नेपालमा ९४ दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा सात लाख छ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त

काठमाडौं। गायक प्रकाश सपूत कोरोना संक्रमण पराजित गरेका छन्। उनीसँगै उनका भाइ देबेन्द्रले पनि कोरोनालाई पराजित गरेका छन्। उनीहरुको आमा अझै संक्रमित नै छन्। उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन्। यही बैशाख १६ गते कोरोना संक्रमित भएका थिए। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए।