काठमाडौं : स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको हो।पाँच बजेसम्म कति प्रतिशत मत खसेको छ भनेर आयोगले आधिकारिक सूचना सार्वजनिक गर्न बाँकी छ। यद्यपि, आयोगले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ।यो स्थानीय तह चुनावमा कुल १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। कुल उम्मेदवारमध्ये ८९ हजार ३१३ पुरुष रहेका छन् भने ५५ हजार ६९८ महिला उम्मेदवार रहेका छन्। हालसम्म ३९० उम्मेदव