दीप बस्नेतको निवेदनमा सर्वोच्चको यस्तो आदेश

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी भएको छ । सोमबार न्यायाधीश हरि फुँयालको एकल इजलासले सो आदेश जारी गरेको हो । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।