फाल्गुनन्द जयन्तीले समाज सुधारको अभियानमा लाग्न प्रेरणा दिनेछ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनका उपदेश र मार्गदर्शनले राष्ट्रिय एकतालाई अझ सुदृढ एवं सबल बनाउने बताएकी छन्। किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १३७औँ फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपतिले लेखेकी छन्, ‘सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव र सहिष्णुता कायम गर्दै रा