नेपाल–भारत साहित्य उत्सव सौराहामा हुने

चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो । उत्सवमा भारत र नेपालका गरी करिब १०० साहित्यकार सहभागी हुने बताइएको छ । भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुवर्स, मिरिक, सिलिगुडी र दिल्लीबाट झण्डै ३० साहित्यकार आउने समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । यहाँका सहित १५० हाराहारीमा साहित्यकार सहभागी हुने उनले बताए । उत्सवको सबै तयारी पूरा भएको छ ।&n

सम्बन्धित सामग्री

सुरु भयो जनकपुर साहित्य उत्सव

पूर्वराष्ट्रपति डा. रामवरण यादवको ‘जनकपुर गाथा’सँगै जनकपुर साहित्य उत्सव– २०७९ को चौथो संस्करण बिहीबारदेखि सुरु भएको छ । जानकी मन्दिर प्राङणमा आयोजित तीन दिवसीय उत्सवमा विभिन्न २० सत्रमा देश विदेशका १ सय ५० भन्दा धेरै स्रष्टा सहभागी छन् ।

नागोया साहित्य उत्सव २०२२ सम्पन्न

अनेसास जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत  डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। पुस्तक बिमोचन,...

नागोया साहित्य उत्सव २०२२ को सम्पूर्ण तयारी पूरा

अनेसास जापानको आयोजनामा जापानको नागोया सहरमा हुन लागेको नागोया साहित्य उत्सव २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ । जापानका लागि नेपाली राजदूत महामहिम डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा पुस्तक विमोचन, खुला रचना वाचन, बहस तथा गजल मेहफिल जस्ता अलग अलग सेसनहरू राखेर कार्यक्रम सम्पन्न गरिने संस्थाका पूर्वअध्यक्ष तथा कार्यक्रमका …

बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

लण्डन। मातृभाषा सर्जकहरूलाई प्रोत्साहन गर्ने हिसाबले गत वर्षदेखि सुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ। विश्व मातृभाषा दिवसका अवसर पारेर मातृभाषा साहित्य उत्सव आयोजना हुन लागेको हो।

सराङकोटमा पर्यटन साहित्य उत्सव

पोखरा । अन्तरराष्ट्रिय साहित्य समाज केन्द्रीय समिति (वासिङ्टन डिसी)को आयोजनामा पोखरामा एकदिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ । पर्यटकीय स्थल सराङकोटमा आयोजित उत्सवमा कृति लोकार्पण, चर्चा परिचर्चा, रचना वाचनलगायत कार्यक्रम गरिएको थियो ।      साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकामा यसपटक पोखराको सराङकोटमा आयोजना गरिएको ‘ट्रस्टिज’ सदस्य ऋषि बरालले बताए । उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ‘ट्रस्टिज’ सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जुनका टुक्राहरू’ नामक अंग्रेजी–नेपाली मुक्तक संग्रह र अधिकारीकै साधनाको स्वर्णवर्ष पुगेको अवसरमा प्रकाशित ‘साधनाको स्वर्ण वर्ष : मुक्तकमणि तीर्थराज अधिकारी’ दुई कृति लोकार्पण गरिएको थियो । कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दुवै कृति लोकार्पण गर्दै स्रष्टामा असल भावनाको विकास भए नयाँ कृति प्रकाशनका लागि विषयवस्तु खोज्नु नपर्ने धारणा व्यक्त गरे । रासस

सराङकोटमा पर्यटन साहित्य उत्सव – देशसञ्चार

गण्डकी – अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति (वासिङटन डिसी)को आयोजनामा पोखरामा एकदिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ। पर्यटकीयस्थल सराङकोटमा

नेपाल–भारत साहित्य उत्सव चितवनमा शुरु

चितवनको सौराहामा शनिवारदेखि ‘नेपाल–भारत साहित्य उत्सव’ शुरु भएको छ । कार्यक्रममा नेपाल र भारतका सयभन्दा वढी नेपाली भाषा लेख्ने लेखकहरुको सहभगिता रहेको छ ।

सौराहामा ‘नेपाल-भारत साहित्य उत्सव’ हुँदै

२२ कात्तिक, चितवन । 'कविडाँडा साहित्य समाज, चितवन'ले आफ्नो स्थापनाको १९ औँ स्थापना दिवस पारेर कार्तिक २७ र २८ गते, सौराहामा दुई दिने ‘नेपाल-भारत साहित्य उत्सव’ आयोजना गर्दैछ । कार्यक्रमका लागि भारतको मणिपुर, असम, सिक्किम, दार्जिलिङ, …

भकुण्डेमा ‘नमोबुद्ध साहित्य उत्सव’

बनेपा । काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीमा नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा ‘नमोबुद्ध साहित्य उत्सव’को तेस्रो शृङ्खला सम्पन्न भएको छ । साहित्यमार्फत नमोबुद्धको पहिचानलाई राष्ट्रिय/अन्तरराष्ट्रियस्तरसम्म पु-याउने उद्देश्यसहित उत्सवको आयोजना गरिएको हो । तीन दिनसम्म चलेको उत्सवका क्रममा राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकारलाई ऐतिहासिक तथा धाकिर्मकस्थल नमोबुद्धमा स्वागतसहित नगरपालिकाका विभिन्न पर्यटकीयस्थलहरुमा भ्रमण गराइएको थियो । त्यस्तै, […]