गुल्मीमा कांग्रेस अधिवेशन स्थगित

गुल्मी– नेपाली कांग्रेस गुल्मीको अधिवेशनमा मुसिकोट नगरपालिका मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिको मतदान केन्द्रमा मतपत्रमा संकेत उल्लेख गरेर मतदान गरिएको भन्दै सभापतिका उमेदवार बेदबहादुर थापा मगरले विरोध जनाएपछि मतदान प्रक्रिया रोकिएको हो । थापा मगरले निर्वाचन अधिकृतलाई मतदान प्रक्रिया स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । मुसिकोटबाहेक अरु स्थानीय तहको […]

सम्बन्धित सामग्री

चितवन कांग्रेसको जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्व चयनका लागि शुक्रबारबाट सुरु हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेस अधिवेशन गर्न तोकिएका जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले बिहीबार जारी गरेको सूचनाअनुसार अर्को मिति नतोक्दासम्म निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

बझाङमा कांग्रेस अधिवेशन स्थगित

बझाङ – नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायब भएपछि नेतृत्व चयन स्थगन भएको छ। जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि पार्टीको सम्पर्कमा नरहेको नेताले बताएका छन्। जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा चलिरहेका बेला नेतृत्व चयन स्थगन भएको हो। पूर्वमन्त्री सुरेश […]

बाँकेमा कांग्रेस अधिवेशन अनिश्चित

कांग्रेसका पूर्वअध्यक्ष एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृहजिल्ला बाँकेमा क्रियाशील सदस्यता विवादलाई लिएर चारपटक अधिवेशन स्थगित भएको छ । केन्द्रले असोज ९ भित्रै अधिवेशन सम्पन्न गर्न जिल्लालाई निर्देशन दिएको छ । तर, असोज ७ गतेसम्म पनि यहाँ क्रियाशील सदस्यको विवाद टुंगो लाग्न सकेको छैन ।