कांग्रेस पदाधिकारी बैठकको निर्णय, सरकार बनाउन जसपा र एमालेको नेपाल समूहको सहयोग लिने

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि जसपा र एमालेको माधव नेपाल समूहको सहयोग लिने निर्णय गरेको छ। बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने,"कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयत्नलाई कसरी सफल बनाउने तयारी भएको छ। माओवादी केन्द्रको समर्थन छ। जसपालाई एकजुट गराएर यो अभियानमा सामेल गराउने र एमालेका नेपाल समूहबाट सहयोग जुटाउने प्रयास हुनेछ।"

सम्बन्धित सामग्री

देउवा मन्त्रिपरिषद् गठनमा व्यस्त भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। दिउँसो २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो। सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण बिहीबारसम्मका लागि बैठक स्थगित भएको मुख्यसचिव कृष्ण पौडेलले बताए। देउवा अहिले मन्त्रिपरिषद् गठनबारे छलफलमा व्यस्त छन्‌। सरकार गठनको प्रक्रिया टुंगोमा पुर्‍याउन देउवा आन्तरिक तथा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग छलफलमा व्यस्त भएका हुन्‌।सर्वोच्च अदालतले हिजो (सोमबार) संसद्‌ पुनःस्थापना आ

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा शुरू

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउन दिएको समयसीमा सकिन केही घण्टा बाँकी रहँदा कांग्रेसले सरकार बनाउनेबारे छलफल गर्न बैठक गरिरहेको छ । यसअघि सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरिसकेका छन् ।

जसपासँग छलफलअघि कांग्रेस पदाधिकारी बैठक बस्दै

२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको पार्टी प्रवक्ता …