रत्ननगर : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन्।
प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईँहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन।’
स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै उनले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने…