प्रदेश २ मा दुईवटा विधेयक प्रमाणीकरण

प्रदेश २ मा दुईवटा विद्येयक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख डा.राजेश झा अहिराजले प्रदेशसभाबाट पारित भएर आएका दुई विधेयक प्रमाणीकरण गरेका हुन् ।प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र विनियोजन विधेयक २०७८ लाई प्रदेश प्रमुख झाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण

धनुषा, ११ मङ्सिर: प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ । शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गरेका हुन् ।अघिल्लो वर्ष चैत १७ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको उक्त विधेयक २६ असोजमा २०७८ मा पारित भएको थियो । प्रमाणिकरण भएको ऐनमा प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा जनस्वास्थ्यका विषयलाई […]

प्रदेश २ : पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

धनुषा । प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा मङ्गलबार प्रमाणीकरण गरिएको छ । प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले निर्माण गरिएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणीकरण गरेका हुन् । यसअघि २०७७ २६ असोजमा पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा अहिराजसमक्ष […]

प्रदेश २ मा अब किसानले पनि पदक पाउने

१६ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन् । प्रदेशका तत्कालिन प्रमुख डा. राजेश झा ‘अहिराज’ ले फिर्ता पठाएको विधेयक अहिलेका प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार प्रमाणीकरण गरेका छन् । २६ असोज २०७७ मा पारित भएको यो विधेयक प्रमाणीकरणका लागि […]

प्रदेश-२ मा पदक सम्बन्धी विधेयक प्रमाणीकरण

१६ कात्तिक, जनकपुरधाम। प्रदेश-२ मा पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ । मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले यो विधेयक प्रमाणिकरण गरेका हुन् । नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेको उक्त कार्यालयले जनाएको छ । २६ असोज २०७७ मा पारित भएको यो विधेयक प्रमाणिकरणका लागि तत्कालिन प्रदेश […]

प्रदेश २ को प्रदेशसभाबाट आज दुई विधेयक पारित

धनुषा । प्रदेश नं २ को प्रदेशसभामा दुई विधेयक पारित गरिएको छ । आज बसेको बैठकले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ गरी दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको हो । दुई महिनाअघि प्रदेशसभामा पारित प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको दुवै विधेयक थप […]

प्रदेश २ का मुख्यमन्त्री राउतको पुत्ला दहन

जनकपुरधाम : राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ।प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको आज जनपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेको हो।अभियानले विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हो। पुत्ला दहनको क्रममा प्रहरीसँग झडप समेत भएको थियो।अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बता

प्रदेश २ : आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रदेश सभामा पेस

जनकपुरधाम : प्रदेश २ सरकारले आगामी २०७८/०७९ का लागि विनियोजन गरेको विधेयक प्रदेशसभामा पेस गरेको छ। आज सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरेका हुन्।विधेयक पेस गर्दै मन्त्री यादवले कोभिड १९ को कारण अर्थतन्त्रमा परेका प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउन चुनौती थपिएको बताए।मुलुकको पन्ध्रौं

प्रदेश २ मा निजामति सेवासम्बन्धी विधेयक प्रमाणीकरण

२८ माघ, जनकपुरधाम । प्रदेश २ मा निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । गत ३ कात्तिकमा यो विधेयक प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश सभाबाट पारित भएर १६ कात्तिकमा प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको विधेयक प्रमाणीकरण […]

प्रदेश २ मा उद्योग र बालबालिकाको अधिकार सम्बन्धी विधेयक प्रमाणीकरण

२९ पुस, जनकपुरधाम । प्रदेश २ मा थप दुईवटा विधेयक प्रमाणीकरण भएको छ । प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको हक-अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार एकैपटक प्रमाणीकरण भएको छ । दुवै विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश […]