सहमति जुटाउन माधव नेपाल पक्षका नेताहरुसँग छलफलमा विष्णु पौडेल

काठमाडौं। माधव नेपाल समूहका नेताहरूसँग एमाले उपमहासचिव विष्णु पौडेलले छलफल गरिरहेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेता योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्टसँग पौडेलले छलफल गरिरहेका छन्। पौडेलले सहमतिका लागि प्रयास गरिरहेको बताइएको छ। केहीबेर अघिमात्र माधव नेपाल पक्षीय सांसदको बैठकले राजीनामा नदिने तर संसद बैठकमा अनुपस्थित रहने निर्णय गरेको थियो।