काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस गर्न पार्टीका तल्ला निकायमा परिपत्र गरेको छ । वडा तहबाट सिफारिस गर्दै गाउँ/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेशहुँदै केन्द्रमा सिफारिस गर्ने गरी कांग्रेसले परिपत्र गरेको हो। कांग्रेसले गरेको परिपत्रले यसअघि सार्वजनिक लाभको पदमा बसेर पार्टीलाई नियमअनुसार बुझाउनुपर्ने लेबी नबुझाएकाहरूलाई उम्मेदवारको ढोका बन्द गरिदिएको […]