ईपीएसमार्फत नेपालीलाई दक्षिण कोरिया पठाउने सम्झौता नवीकरण गर्ने सरकारको निर्णय

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्ने निर्णय भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता नवीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सरकारले ईपीएसमार्फतबाट वर्षेनी दक्षिण कोरियामा नेपाली कामदार पठाउँदै आएको छ ।  उनले नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गर्ने निर्णय भएको पनि बताए । प्रतिस्पर्धाद्वारा उपयुक्त भएर उनलाई नियुक्त गरिएको कार्की