ईश्वर पोखरेलको प्रस्तावः एमाले–राप्रपा सहकार्य गरौँ
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि एमालेसँग सहकार्य गरेर अघि बढन राप्रपाका नेताहरूसँग प्रस्ताव गरेका छन् । काठमाडौंमा बुधबार आयोजित राप्रपाको महाधिवेशन उद्घाटन सत्रमा...
काठमाडौं, १० फागुन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ । मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६ः३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए । ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल […]
नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेल अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्क सफारी होटल पुगेका छन् ।
यसअघि भएको भेटमा उनले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज हुनुपर्ने माग गरेका थिए ।
त्यही पदमा दाबी गरेका सुवास नेम्वाङले पनि असन्तुष्टि जनाएका छन् ।
वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति हुन नसक्दा बन्दसत्र सञ्चालनमा ढिलाइ भइरहेको छ । बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म शुरू हुन सकेको छैन ।
एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै सत्ता गठबन्धनले विरोध गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन तथा बिपी कोइ
काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनमा १५ पदाधिकारीमा नेताहरुको दाबी चलिसकेको छ । अध्यक्षमा केपी शर्मा ओली प्रतिष्पर्धीविहिन जस्तै रहेका छन् । उनी पक्षधर हस्ती नेताहरुले १०औं महाधिवेशनमा ओली निर्विकल्प भएको बताइसकेका छन् । ओलीको पक्षमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत हस्ती नेताहरु छन् । तर, यी […]
नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ले १० बुँदे सम्झौता पार्टीले स्वीकार गरिसकेको भन्दै त्यसको लागु गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् ।बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । उनले एमालेको संगठनात्मक संरचनालाई जेठ २ मा पुर्याउनु भनेको राजनीतिक सेन्समा बुझ्नुपर्ने पनि बताए । ‘आजको एमाले विकसित र एकता प्रक्रियासहितको एमाले भनेर बुझ्न जरुरी छ । परिवर्तित सन्दर्भको एमाले हो । यसलाई पन्छाएर एमालेको मात्रै कुरा गर
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ । अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका […]
राष्ट्रियसभाका लागि आज भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादल हारेपछि एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल आक्रोशित देखिएका छन् । उनले माधव नेपाल पक्षको भूमिका अत्यन्तै निकृष्ट र अक्षम्य भएको प्रतिक्रिया दिएका छन् । ‘यसखाले अराजक कृत्यले नेकपा (एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी विरुद्धमा आज गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति, निर्णय र निर्देशनको व
बारा । बारामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शहरी विकास मन्त्री प्रभु साहलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले कालो झण्डा देखाएको छ ।सोमबार ओली समूहको नेकपाले गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी हुन पुगेका उपप्रधानमन्त्री पोखरेल र शहरी विकास मन्त्री साहलाई अनेरास्ववियूका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।कालोझण्डा देखाउने क्रममा अखिलका केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला संयोजक राजेश्वर कुशवाहा, विद्यार्थी नेता सन्दीप साहसहित १० जनालाई बारा प्