आयात कम हुँदा राजस्व संकलनमा गिरावट

कोरोना नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण आर्थिक गतिविधि खुम्चिएसँगै आयातमा कमी आउँदा राजस्व संकलनमा समेत उलेख्य गिरावट आएको छ । कोराना भाइरसको संक्रमण फैलिँदै गएपछि गरिएको लकडाउन र निषेधाज्ञाका कारण अत्यावश्यक सेवाबाहेक अन्य वस्तुको आयात कम हुँदा राजस्वमा कमी आएको हो ।चालू आर्थिक वर्षको भदौ महिनासम्म राजस्व संकलन ४५ अर्ब ७८ करोड १० लाख […]

सम्बन्धित सामग्री

आयात प्रतिबन्धको असर : वीरगञ्ज भन्सारबाट लक्ष्यको ६२ प्रतिशतमात्रै राजस्व संकलन

वीरगञ्ज । देशकै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७९/८० को ६ महीनामा लक्ष्यको आधा भन्दा केही बढिमात्र राजस्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आवको साउनदेखि पुससम्मको ६ महीनामा लक्ष्यको तुलनामा ६२ दशमलव ४ प्रतिशतमात्र राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।  वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो ६ महीने अवधिका लागि भन्सार विभागले १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।तर, वीरगञ्ज भन्सारले भने ७६ अर्ब ५४ करोड रुपैयाँ मात्रै संकलन गरेको छ ।  विदेशी मुद्रा सञ्चितिमा परेको दबाब समाधान गर्न सरकारले लिएको व्यापार नियन्त्रणको नीतिको प्रभावले राजस्व घटेको भन्सारका अधिकारीहरूले बताउँछन् । व्यापारमा आएको गिरावटको असर राजस्व संकलनमा देखिएको उनीहरूको भनाइ छ ।  ‘यहाँबाट राजस्वमा मुख्य योगदान दिने सवारीका साधन र पेट्रोलियम पदार्थको आयात हो । चालू वर्षमा यी दुवै वस्तुको आयात खस्किएको छ । गाडीको आयातमा त लामो समय प्रतिबन्ध नै लाग्यो,’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले भने ।  गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो चौमासदेखि नै आयात नियन्त्रण गरेको सरकारले गत बैशाखदेखि गाडी, महँगा मोबाइल र मदिराको अयातमा पनि रोक लगाएको थियो । अहिले यस्ता विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाएको छ । त्यसयता पनि कतिपय वस्तुको आयातमा नगद मार्जिनको प्रावधान कायमै राखेको थियो । हालैमात्र आयातमा यस्तो मार्जिन हटेको छ ।  विदेशी मुद्राको सञ्चिति जोगाउन खोज्दा सरकारले चालू खर्च नै नधान्ने गरी राजस्व संकलन भएको जानकारहरू बताउँछन् । विदेशी मुद्राको सञ्चिती जोगाउँदा एउटा प्वाल टालिएपनि अर्को प्वाल परेको  जानकारहरू बताउँछन् । गाडीको आयात खुले पनि बजारमा माग नभएको र बैंकहरूले कर्जा लगानी नगरेको भन्दै आयातकर्ताले गाडी भित्र्याएका छैनन् । वीरगञ्ज नाकामा आइसकेका सवारी साधनसमेत भन्सारको यार्डमै थन्किएका छन् ।  विगतमा दैनिक ३०/३५ ओटा गाडी जाँचपास हुने गरेकोमा अहिले आयातकर्ताले दिनमा बल्लतल्ल ३/४ ओटा गाडीमात्रै छुटाएको बरुवालले जानकारी दिए । एकीकृत जाँच चौकी (आईसीपी) भन्सारको यार्डमा अहिले २ हजारभन्दा बढी गाडी थुप्रिएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डका वीरगञ्ज कार्यालयका प्रमुख कमल ज्ञवालीले बताए । कुन शीर्षकमा कति राजस्व ?  वीरगञ्ज भन्सारले आयाततर्फ भन्सार महसुल ४८ अर्ब रुपैयाँ उठाउनु पर्नेमा २६ अर्ब रुपैयाँमात्रै उठाएको भन्सारको तथ्यांक छ । त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ ३४ अर्ब रुपैयाँ संकलन भएको छ । यो शीर्षमा ४४ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिएको थियो ।  अन्तः शुल्क १२ अर्ब रुपैयाँ उठाउने भनिएकोमा साढे ५ अर्ब रुपैयाँमात्र संकलन भएको देखिन्छ । गाडीको आयात ठप्प भएकाले अन्तःशुल्कको लक्ष्य नपुगेको भन्सारका अधिकारीहरूले बताएका छन् । अघिल्ला वर्षहरूमा यो शीर्षकमा लक्ष्यको तुलनामा अत्याधिक राजस्व आउने गरेको भन्सारको तथ्यांक छ ।   पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार करतर्फ ६ अर्ब रुपैयाँ उठेको छ । यस्तो कर संकलनका लागि वीरगञ्ज भन्सारलाई साढे ९ अर्ब रुपौयाँ लक्ष्य तोकिएको थियो ।

वीरगञ्ज भन्सार : ७ महीनामा ३३ अर्बभन्दा बढी राजस्व संकलन

वीरगञ्ज । प्रमुख व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार हुँदा यसको सकारात्मक प्रभाव राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजस्व संकलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महीनासम्ममा संकलित राजस्वको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको ७ महीनामा ८८ अर्ब ५० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न वीरगञ्ज भन्सार सफल भएको छ । यो गत आवको संकलित राजस्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो ।   चालू आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्यभन्दा ४ दशमलव ३ प्रतिशत बढी अर्थात् ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बढी संकलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए । रासस

इन्धन र सवारी आयात वृद्धि हुँदा वीरगञ्ज भन्सारले संकलन गर्‍यो ८८ अर्ब  राजस्व

पुस ८, वीरगञ्ज । देशकै मुख्य व्यापारीक नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महीनाको तुलनामा चालू आवको पहिलो पाँच महीनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएकोे हो ।          आर्थिक वर्ष २०७७/ ७८को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महीनामा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ बढी अर्थात् ८८ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।            विभागलले चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब ८ करोड ६६ लाख रुपैयाँभन्दा ढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताए।             गत आर्थिक वर्षको पहिलो पाँच महीनामा  ५४ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ४२ करोड ४१ लाख बढी राजस्व संकलन गरेको थियो ।नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले बताएको छ । रासस

वीरगञ्जबाट पाँच महिनामा ८८ अर्ब रुपैयाँ राजस्व संकलन

देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस...

नेपालगञ्ज भन्सारको राजस्व संकलनमा वृद्धि

बाँके । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महीनामै ५ अर्ब ४९ करोड राजस्व संकलन गरेको छ । भन्सार कार्यालयको राजस्व संकलन वृद्धि ११० प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले २१ अर्ब राजस्व संकलन गरेको थियो । चालू आवमा २५ अर्ब राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य छ । चालू आवमा पेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ । जडीबुटी र सुगन्धित तेल निर्यात बढी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले बताए । नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल आयतमा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज नाकाबाट गत आवमा वर्षमा १ अर्ब ५२ करोड ३७ लाखको गेडागुडी भारतबाट आयात भएको भएको थियो । बाँकेमा खुला सीमाका कारण भन्सार कार्यालयलाई लक्ष्यअनुसार राजस्व संकलन गर्न समस्या हुने गरेको भण्डारीले बताए । रासस

एकै दिन १५ अर्ब खर्च

काठमाडौं, असोज २ । विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८ ÷७९ को बितेका दुई महिना साउन र भदौमा मात्र १ खर्ब ६८ अर्ब ५७ […]

एकै दिन १५ अर्ब खर्च

काठमाडौं । विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८ ÷७९ को बितेका दुई महिना साउन र भदौमा मात्र १ खर्ब ६८ अर्ब ५७ करोड ७६ […] The post एकै दिन १५ अर्ब खर्च appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सत्ती भन्सार : ९ महीनामै दोब्बर राजस्व संकलन

वैशाख १०, टीकापुर । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महीनामै भन्सार राजस्व लक्ष्यभन्दा दोब्बर संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/ ७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।            कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा ६ करोड ७ लाख रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप ८ करोड रुपैयाँ बढाएर १४ करोड रुपैयाँ राजस्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।            चैत मसान्तसम्म ९ करोड ७१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकामा १३ करोड १६ लाख राजस्व संकलन भएको भन्सार प्रमुख विमलकुमार शाहले बताए।        पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजस्व वृद्धि भएको प्रमुख शाहको भनाइ छ । उता धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि नौ महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म ५ अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकामा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए।            सरकारले सीमा नाकामा रहेका राजस्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व संकलनमा अझै वृद्धि हुने स्थानीयवासीको भनाइ छ ।  रासस

नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन

यहाँस्थित नेपाल भारत सीमा नाका गत नाै महिनादेखि बन्द रहे पनि राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ । नाका बन्द भएपनि सामाग्रीको आयात बन्द नहुँदा नेपालगञ्ज भन्सार कार्यालयले विगतभन्दा धेरै बढी राजस्व संकलन गरेर देखाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले चालु आर्थिक बर्षको ६ महिनामा यो कार्यालयले लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैया बढी राजश्व संकलन गरेर उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभयो ।