बन्दिपुर कांग्रेसमा कडा प्रतिस्पर्धा हुने, यी हुन् अध्यक्षका आकांक्षी

तनहुँ, ३ फागुन । सरकारले आगामी बैशाख ३० गते स्थानीय चुनाबको मिति घोषणा गरेको छ। चुनाव नजिकिदै गर्दा तनहँुको बन्दिपुर गाउँपालिकामा राजनीतिक चहलपहल सुरु भएको छ । विभिन्न दलहरु जनताको घर–घरमा पुगेर टोल समिति गठन देखि आफ्नो पार्टीको एजेण्डा बाड्न थालेका छन् । बन्दिपुर काङ्ग्रेस गाउँपालिकाको अध्यक्ष पदको उमेदवारका दाबी गर्नेहरु करिब १२ जना देखिएका […]

सम्बन्धित सामग्री

बार अध्यक्षमा आठको उम्मेदवारी, घिमिरे र अधिकारीबीच प्रतिष्पर्धा

नेपाल बार एसोसिएसनको २६ औं अधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि आठ जनाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष चयनमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र प्रतिपक्षीबाट उम्मेदवारी दिनुभएका वरिष्ठ अधिवक्ता विश्वमणि अधिकारीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

एमाले जिल्ला अधिवेशन : दैलेखका शर्मा र शाहीबीच कडा प्रतिस्पर्धा

नेकपा एमाले दैलेखको अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । सहमतिको प्रयासबाट सम्भव नभएपछि चुनावै गर्नुपर्ने अवस्था आएको हो । अध्यक्षका लागि वर्तमान पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा उत्रिएका हुन्। शाही जिल्ला विकास समितिका पूर्व उपसभापति हुन् भने शर्मा प्रतिनिधि समा सदस्य समेत हुन्।दुवै जना नेता जिल्लाको राजनीतिमा अब्बल नेताका रूपमा चिनिएका नेता हुन् । त्यसैले पनि कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । अझ भन्नुपर्दा भू–भूगोलका हिसाबले शर

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका...

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका लागि अर्का प्रतिस्पर्धी ध्रुव थापा नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । ठूलो व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने चौधरीको पक्षमा ठूला व्यवसायी छन् । थापालाई साना व्यवसायीको साथ छ । अहिले दुवै समूह चुनावी माहोल आफ्नो पक्षमा पार्न देश दौडाहामा छन् । त्यसो त चौधरी र थापा दुवै सर्वसम्मतिका लागि आफूहरू तयार रहेको बताउँछन् । दुवै पक्षले चुनाव प्रचार÷प्रसारसँगै सर्वसम्मतिका लागि पनि छलफल चलाइरहेका छन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत नै निर्वाचित भएका थिए । खासगरी चौधरी आफ्नै नेटवर्क भएका अटो व्यवसायी पनि हुन् । उनलाई चुनावमा सुजुकी ब्राण्डले सहयोग गर्ने अवस्था छ । हाल नाडामा रहेका धेरै पदाधिकारीले पनि चौधरीलाई साथ दिने देखिएको छ । नाडाका सचिव अनुप बराल, महासचिव सुनिल रिजाल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरीलगायतले चौधरीको प्यानलबाट उठ्ने घोषणा गरिसकेका छन् । सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठको समर्थन पनि चौधरीलाई छ । यामाहा, हिरो, आईएमई मोटर्सले पनि उनलाई सघाउने भएका छन् । यस्तै मोफसलबाट व्यवसाय गर्दै आएका अध्यक्षका अर्का दाबेदार ध्रुव थापालाई सानादेखि ठूला व्यवसायीको साथ र समर्थन छ । थापालाई हुन्डाईको आधिकारिक विक्रेता तथा लक्ष्मी ग्रूपका निर्देशक निराकार श्रेष्ठले समर्थन गरेका छन् । नाडाका उपाध्यक्ष आकाश गोल्छा पनि उनको प्यानलमा छन् । उनी नेपालका लागि फोर्ड मोटर्सका आधिकारिक विक्रेता समेत हुन् । यसैगरी नेपाल रिकन्डिसन एशोसिएशनका अध्यक्ष बीएन पाठक, सत्यदीप इन्टरनेसनलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका राजन पौडेल पनि थापाको प्यानलमा समेटिएका छन् । थापालाई पोखराका अटो व्यवसायीको साथ र समर्थन छ । नाडाका ३ हजार ३ सय ६५ जना सदस्य छन् । २० जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार आठ संस्थागत एशोसिएशनका अध्यक्षले केन्द्रीय कार्यसमितिमा स्वतः प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ । करण चौधरीको प्यानलका उम्मेदवार अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, नीलमणि पाठक, वरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, सुनिल रिजाल, राजनबाबु श्रेष्ठ, अभिक ज्योति र मिलनबाबु मल्ल, वर्ण न्यौपाने र देवराज भण्डारी ध्रुव थापाको प्यानलका उम्मेदवार आकाश गोल्छा, दीपक अग्रवाल, अमरज्योति रञ्जित, बीएन पाठक, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, शुभाशिष थपलिया, यमुना श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, ऋद्धि कार्की, सगुन बीएस कंसाकार र सञ्जयकुमार खेतान ।

एनआरएन कोरिया अध्यक्षमा ६ जना उमेद्वार

गैर आवासीय नेपाली संघ एन आर एन कोरियाको अधिवेशन नजिकिदै गर्दा अध्यक्षका लागि २ महिलासहित ६ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्। गत आइताबार नेपाल पत्रकार महासंघ कोरिया शाखाले आयोजना गरेको ‘एनआरएन कोरिया र अबको नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित अध्यक्षका प्रत्यासी उम्मेद्वारले आफूहरू चुनावी मैदानबाट पछि नहट्ने बताएपछि ६ जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको…