इजरायली सेनासँगको झडपमा परी प्यालेस्टाइनी किशोरको मृत्यु

काठमाडौं- इजरायल अधिनस्थ वेस्ट ब्याङ्कको जेनिन शहर नजिक शनिबार भएको झडपमा एकजना प्यालेस्टाइनी किशोरको मृत्यु भएको छ ।  इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनी समाचार संस्था वाफाले मारिएका किशोरको नाम अमजद अल–फयद भएको बताएको छ […]