कपिलवस्तुमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मायादेवी गाउँपालिका ८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको आफ्नै घरको विद्युतको बोर्डको स्विच दबाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।