श्रीलंकाका नयाँ अर्थमन्त्रीले नियुक्तिको भोलिपल्टै दिए राजीनामा

श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले नियुक्त भएको एक दिन पनि पूरा नहुँदै पदबाट राजीनामा दिएका छन्। सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अली साब्रीले मन्त्री नियुक्त भएको २४ घण्टा पनि नपुग्दै मंगलबार बिहान राजीनामा दिएका हुन्।उनीसँगै सोमबार अरु ३ जना गरी ४ मन्त्रीले शपथ लिएका थिए। तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोतबाया राजापाक्षले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।अहिलेको सांसदभन्दा बाहिरका व्यक्ति सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरक