एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित

  काठमाडौँ। नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । माधव नेपाल पक्ष अनुपस्थित भएको बैठकमा उपाध्यक्ष गौतम पनि सहभागी भएका छैनन् । केहीदिन अगाडि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा भने उपाध्यक्ष गौतम सहभागी भएका थिए । उक्त बैठकमा गौतमले गुण र दोषका आधारमा आफूले समर्थन वा विरोध गर्ने […]

सम्बन्धित सामग्री

नेपाल पक्षको भेला बानेश्वरमा, वामदेव गौतमको पनि साथ

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेता नेपाल समूहका सांसदहरु भेला भएका हुन्। नेपाल समूहका हालसम्म २४ जना सांसद खुलेको एक नेताले बताए। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २२ जना सांसदले विश्वासको मत दिएका थिए। आजको छलफलमा उपाध्यक्ष वामदेव गौतम श्रीमती तुलसा थापा सहभागी छन्। यसअघि एमालेको स्थायी कमिटी बैठकमा उपस्थित भएका नेता गौतम ओलीको चर्को आलोचना गरेपछि बैठकमा सहभागी हुन छाडेका छन्। सरकारले न

एमाले स्थायी समिति बैठक : माधव पक्ष गएन, वामदेव पनि अनुपस्थित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रबार तुलसीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।

एमाले स्थायी कमिटीबाट नेपाल–खनाल हटाइए

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी गठन भएको छ । स्थायी कमिटीमा वामदेव गौतमलाई राखिएको छ भने माधव नेपाल र झलनाथ खनाललाई हटाइएको छ। अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको कमिटीमा वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, छबिलाल विश्वकर्म, पृथ्वी सुब्बा गुरुङ र रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन्।