लुम्बिनीका सत्ता पक्षद्वारा विशेष अधिवेशन बहिष्कार, मुख्यमन्त्रीको राजीनाबारे प्रदेश प्रमुखबाट पत्र नआएकाले नियमित प्रक्रिया सुरु

काठमाडौं : लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु भएको छ। हाल नियमित कार्यसूची अनुसार बैठकको कार्य चलिरहेको छ। सत्तारुढ दल नेकपा एमालेले बैठक बहिष्कार गरेका छन्। प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको बारे आफूलाई फोनमार्फत जानकारी आएको बताए। आजको विशेष अधिवेशनमा पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल हुने कार्यसूची थियो।…