हुम्ला अस्पतालमा बिरामी बढे

हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काँचा फलफूल खाने समय भएकाले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको हो ।  निमोनियाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सि

सम्बन्धित सामग्री

हुम्लामा मौसमी फ्लुका बिरामी बढे

सिमकोट- हुम्ला जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि आउने मौसमी फ्लुका बिरामीको संख्या ह्वात्तै बढेको छ। मौसममा आएको परिवर्तन र बर्खायाममा दुषित पानीको प्रयोगले गर्दा बिरामीको संख्या दैनिक वृद्धि भइरहेको हो। स्वास्थ्य सेवा कार्यालयकी निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ अनमी सरिता बोहराले केही समययता अस्पतालमा उपचारका लागि आउने बिरामीहरू अधिकांश मौसमी फ्लुका रहेको जानकारी […]

हुम्ला अस्पतालमा मौसमी रुघाका बिरामी बढे

मौसम परिवर्तनसँगै हुम्लामा मौसमी रुघा (फ्लु)बाट संक्रमित हुनेहरूको संख्या तीव्र बनेको छ । पहिले अस्पतालको ओपीडी कक्षमा दैनिक २० जनासम्म बिरामी आउने गरेको भए पनि पछिल्ला केही दिनयता एक सयभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आइरहेका छन् ।

जलवायु परिवर्तनसँगै डेङ्गुका बिरामी बढे

कर्णाली– जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेङ्गुका बिरामी फेला परेका छन् । प्रायः तराई र भित्री मधेसका जिल्लामा हुने डेङ्गु सङ्क्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको हो ।   सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म यहाँका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेङ्गुका ४० बिरामी फेला […]

हुम्लामा रुघाखोकी र ज्वरोका बिरामी बढे

सिमकोट– अस्पतालमा उपचारका लागि आउने रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या बढेको छ। चिसो अध्याधिक बढेपछि अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढेको हुम्ला जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहोराले जानकारी दिइन्। उपचारका लागि अस्पताल पुगेका बिरामी दान रावलले चार दिनदेखि रुघाखोकी र ज्वरोले आफू थलापरेको बताए। घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षण देखिएको […]

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

हुम्ला। अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ। गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि नजिक स्वास्थ्य चौकी नहुँदा एक घण्टा पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ। सिटामोलसमेत समयमै नपाउदा वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने गरेको छ।

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

हुम्ला। अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ। गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि नजिक स्वास्थ्य चौकी नहुँदा एक घण्टा पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ। सिटामोलसमेत समयमै नपाउदा वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने गरेको छ।